2026-07-26 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एजेन्ट धन्दा चलाईरहेको थाहा पाएलगत्तै म्यानपावरद्वारा शाखा कार्यालय खारेज गर्ने निर्णय

वैशाख १४, काठमाडौँ । काठमाडौँ धापासी स्थित एसओएस म्यानपावर सप्लायर्स प्रालिको एजेन्ट बनेर अशुली गरिरहेको सूचना पाए लगत्तै काठमाडौँ स्थित कन्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले बिर्तामोड स्थित आफ्नो शाखा कार्यालय खारेजीको लागि बिभागमा निवेदन दिएको छ । 

आफ्नो बिर्तामोड स्थित शाखा कार्यालयले बिभिन्न म्यानपावरसँग मिलेर अबैध एजेन्टको काम गरिरहेको सूचना साझा सबाल मिडियाको रिपोर्ट मार्फत जानकारी पाए लगत्तै म्यानपावर संचालक कविन्द्र किशोर घिमिरेले शाखा कार्यालय खारेजीको लागि वैदेशिक रोजगार बिभागमा निवेदन दिएका हुन् । बिर्तामोड स्थित कन्चन ह्युमनको शाखा कार्यालयले एसओएस म्यानपावरसँग मिलेर अबैध आर्थिक अशुली र एजेन्टको गतिबिधि गरिरहेको बिषयमा बिहिबार साँझ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निवेदन समेत परिसकेको छ । मन्त्रालयमा निवेदन पर्नु अगावै म्यानपावर संचालक घिमिरेले अबैध गतिबिधि गरेको विषयमा आफू जानकार नभएको र सूचना पाए लगत्तै सम्बन्धित शाखालाई कारवाही गर्ने बताएका थिए । 

बिभागमा बिहिबारनै म्यानपावर संचालक घिमिरेले दिएको निवेदनमा भनिएको छ – ‘झापा जिल्ला बिर्तामोड नगरपालिका-१ मा रहेको आफ्नो म्यानपावरको शाखा कार्यालयको कार्य सम्पादन सन्तोषजनक नरहेकोले उक्त शाखामा कार्यरत जिवन घिमिरे लगायत अरु कर्मचारीहरुलाई अवकास दिई सो शाखा कार्यालय बन्द गर्ने निर्णय भएकोले सो शाखा कार्यालय बन्द गरि पाउँ ।’  

नेपाल एचआरको बिर्तामोड शाखा अवैध !

एसओएससंग मिलेर बिर्तामोडमा एजेन्टकै धन्दा चलाउने नेपाल एचआर सोलुसन प्रालिको अर्को शाखा कार्यालय भने महिनौंदेखि अबैध रुपमा संचालनमा रहेको पाइएको छ । बिर्तामोड स्थित उक्त शाखा कार्यालयलाई नवीकरणनै नदिएको काठमाडौँ स्थित नेपाल एचआर सोलुसनको केन्द्रिय कार्यालयका संचालक ब्रह्मदेव यादवले बताएका छन् ।

उनका अनुसार आठ-नौ महिना अघिनै उक्त कार्यालय अबैध भईसकेको छ । आफूले नवीकरण नदिएको अवस्थामा उक्त शाखाले आफ्नो म्यानपावरको नाम राखेकोबारे आफूलाई जानकारी नभएको भन्दै म्यानपावर संचालक यादव तर्किए । उक्त शाखाले अहिलेसम्म पनि ‘नेपाल एच आर’कै बोर्ड र नाम राखेर धन्दा गरिरहेको विषयमा यादवले तत्काल बैदेशिक रोजगार बिभागमा उक्त शाखा संचालक बिरुद्ध उजुरी दिने बताए । मिडियामा एजेन्ट धन्दाको विषयमा रिपोर्ट सार्वनिक भएपछि उक्त अबैध शाखा कार्यालयका एजेन्ट गणेश सेढाई मोबाइल अफ गरेर बसेका छन् । 

सरकारले वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुले एजेन्टबिना कामनै नगरिरहेको विषयलाई अनदेखा गर्दा वैदेशिक रोजगारको बेथिति बढ्दै गएको छ । २०७२ यता फ्री भिसा फ्री टिकटको नीति लागू गरेको सरकारी निकायहरुले त्यसै नीतिलाई बार्गेनिङको खेल बनाएर स्वार्थ लिँदै गर्दा म्यानपावरहरुबीच अस्वस्थ प्रतिष्पर्धा र एजेन्टहरुको हालीमुहाली बढीरहेको छ । म्यानपावरहरुके सुध्रिन चाहेर पनि बाध्यतामा फस्दै गएको बताईरहेको बेला सम्बन्धित निकायको अनदेखाको परिणामले यो क्षेत्र बेथितिको हदैसम्मको दलदलमा भासिदै गएको छ ।  

सम्बन्धित भिडियो रिपोर्ट हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ