२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बालगृह बन्ने

८ कार्तिक २०७३, सोमबार ०९:४०

कात्तिक ८, बागलुङ । अभिभावक गुमाएका बालबालिकालाई आश्रय दिन जिल्लामा बालगृह सञ्चालन हुने भएको छ । 

जिल्ला बाल कल्याण समितिले बालगृह सञ्चालनको गृहकार्यमा जुटेको छ । समितिको आफ्नै भवनमा बन्ने सो बालगृहमा १० जना बालबालिका राख्न सकिन्छ । 

दुःख पाएका, बेसहारा र सडक बालबालिकाको संरक्षणका लागि बालगृह खोल्न लागिएको समितिका अध्यक्ष एवम् बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताउनुभयो । 

यसका लागि समितिका सदस्य केवी रानामगरको संयोजकत्वमा बालगृह सञ्चालन तथा व्यवस्थापन समिति पनि गठन गरी काम अघि बढाइएको छ । तत्काल सडकबाट उद्धार गरिएका चारजना बालिकालाई बालगृहमा राख्ने तयारी भइरहेको समितिका सदस्य एव्म ‘सेभ द् युथ’ बागलुङका अध्यक्ष मनिष रायमाझीले बताउनुभयो । समितिको भवनमा हाल स्थानीय शान्ति समितिको कार्यालय बस्दै आएको छ । 

उक्त कार्यालयलाई केही कोठामात्र भाडा दिएर बाँकी कोठा बालगृहका लागि प्रयोग गरिने जनाएको छ । खाना, पठनपाठन, आवास, मनोरञ्जन लगायतका आधारभूत सुविधासहितको बालगृह सञ्चालन हुने समितिले जनाएको छ । 

“आवास, भान्सा लगायतको तयारी भइरहेको र केही दिनमै बालगृह सञ्चालनमा आउँछ”, सदस्य रायमाझीले भन्नुभयो — समितिले सरकारी र गैरसरकारीस्तरमा संयोजन गरी बालगृहको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक सहयोग जुटाउने भएको छ । 

“बालगृह दिगो व्यवस्थापनका लागि सबै पक्षसँग समन्वय गरेर अघि बढ्छौँ”, प्रजिअ पाण्डेयले भन्नुभयो, “यसबाट भविष्यमा बालबालिकासहित महिलालाई समेत सेवा दिने हाम्रो लक्ष्य छ ।” अञ्चल सदरमुकाम रहेको बागलुङमा एउटा पनि बालगृह नभएपछि आफूले विशेष पहल गरेर स्थापना गर्न लागेको उहाँको कथन छ । 

छिमेकी जिल्ला म्याग्दी लगायतका ठाउँमा यसअघि नै बालगृह सञ्चालनमा आइसकेका छन् । पूर्वाधार निर्माण र आर्थिक व्यवस्थापनका लागि जिविस, नगरपालिका लगायतका निकायबाट सहयोग लिइने समितिले जनाएको छ । यसअघि बागलुङमा बेसहारा भई सडकमा पुगेका बालबालिकालाई विभिन्न समयमा उद्धार गरेर जिल्लाबाहिरका बालगृहमा पठाउने गरिएको छ । 

केही महिनाअघि मात्र पाँचजना बालकलाई सडकबाट उद्धार गरी संरक्षणका लागि उनीहरुलाई पोखरास्थित बालगृहमा पठाइएको थियो । विद्यालय जान नपाएका, अभिभावक गुमाएका, दुःख पाएका बालबालिकाको सुरक्षित भविष्यका लागि बालगृह सहयोगी बन्ने विश्वास बागलुङवासीको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा