2026-07-25 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बझाङ अपडेट : स्थानीय चुनावमा हारेका दुवै वडाबाट एमालेलाई दोब्बर मतको अग्रता

बैशाख १६, काठमाडौँ । बझाङ उपनिर्वाचनको मतगणना जारी छ । छविस पाथिभेरा गाउँपालिकाबाट अहिले मत गणना जारी छ । यहाँको वडा नम्बर १ र २ मा मत गणना सकिएको छ ।

स्थानीय तहमा दुवै वडामा एमाले पराजित भएको थियो । वडाध्यक्ष पराजित भएकै वडामा एमालेले अग्रता लिएका छ । स्थानीय तहमा वडा नम्बर १ मा कांग्रेसका कर्णबहादुर सिंह निर्वाचित भएका थिए भने २ मा स्वतन्त्रबाट परित्रबहादुर मण्डल निर्वाचित भएका थिए । वडा नम्बर१ मा एमाले दोस्रो र २ मा तेस्रो अवस्थामा रहेको थियो । तर, अहिले दुबै वडाको मत गणना सकिँदा एमालेले दोब्बर अग्रता बनाएको छ ।

एमाले उम्मेदवार दमन भण्डारीले ७५७ मत पाउँदा कांग्रेस उम्मेदवार अभिषेक सिंहले ३८० मत पाएका छन् । अहिले वडा नम्बर ३ र ४ को गणना भइरहेको छ । यी दुबै वडामा पनि स्थानीय तहमा एमाले वडाध्यक्षमा पराजित भएको थियो । वडा नम्बर ३ मा कांग्रेसका श्याम बहादुर सिंह र ४ मा नेकपा एकीकृत समाजवादीका अमर राज थापा निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धनसहित निर्वाचनमा होमिएका थिए । एमाले भने एक्लै लडेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक