१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्वतमा दम्पतीको हत्या प्रकरणः सीआईबीद्वारा २ जना पक्राउ

१८ बैशाख २०८१, मंगलवार ०८:२७

बैशाख १८, काठमाडौँ । पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण बिकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । 


 पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भएको थियो । ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए । 

उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो । लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट