दान बहादुर बुढा, कात्तिक ८, मुगु । सुर्खेतबाट व्यापारिक खाद्यन्न लिएर आउदै गरेको भे १ च ६३१० नम्बरको टयाक्टर मुगु जिल्लाको खमाले गाविस ५ खमालेमा दुरघटना हुदा दुई जनाको घटना स्थल मै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस ८ बस्ने बर्ष १६ का ललित सारुमगर र मुगु जिल्ला गम्था गाविस ५ बस्ने बर्ष ४० का धन बहादुर डाँगर रहेको प्रहरी कार्यालय मुगुका सुचना अधिकारी लोक बहादुर जिसीले बताउनु भयो ।
जिसीका अनुसार चालक फरार रहेका छन । कर्णाली राजमार्ग अन्तरगत नाग्म गोठी जिउला हुदै मुगुको खत्याड भेगको गम्था गाविसमा भर्खरै डिलिप नामक सस्थाले सडक बनाएर ट्रयाक खोलेको थियो । घटना स्थल तर्फ श्रीकोट प्रहरी चौकीबाट प्रहरी टोली गएको बताईएको छ । घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरीमा रहेको र घटना आज विहान ११ बजे घटेको थियो ।