बेल्जियम ८ कात्तिक
बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बेल्जियम ८ कात्तिक
बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेल्जियमा गुन्जिए तीर्थका कविता

२०७३, ८ कार्तिक सोमबार ११:५६

बेल्जियम ८ कात्तिक
बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक सन्दर्भका कविता, मुक्तक र गजल वाचन गरे ।
कवि श्रेष्ठले पागलहरु, चुपचाप, म यदोधरा, लाहुरे फूल, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरी, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कविहरु    , सत्ता, हिउँमा लेखिएका नामहरु लगायत कविता वाचन सुनाए ।
क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजबहादुर जिसीले कवि श्रेष्ठको बारेमा जानकारी दिएका थिए । कवि श्रेष्ठका कविताहरु जिन्दगीका जटिलताहरुलाई सरल ढंगले संप्रेषित गर्न र पाठकका हृदयमा बास बस्ने सफल रहेको जिसीले प्रस्टाए ।
लुभेनस्थित स्थानीय सभागहृ ओन्स हाउसमा भएको कार्यक्रममा लुभेन नेपाली समाजका साहित्यिक व्यक्तित्व र नेपाली समाजका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।
एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियमा स्थित नेपालका कावा राजदुत घनश्याम भण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रममा बेज्जियमा रहेका कविहरु दिपेन्द्र केसी, विमल गिरी र सौरभ रंजितकारले कवि श्रेष्ठसँग पुस्तक विनिमय गरेका थिए ।
क्लबका अध्यक्ष मीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बुद्ध बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लहकार माधव सापकोटाले राखे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन