2026-10-31 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अदालतले चाँडै मुद्दाको फैसला गरी सफाइ दिए सन्दीपले टी २० विश्वकप खेल्ने

वैशाख २०, काठमाडौँ । क्यानले हिजो  टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको छ। उक्त टोलीमा नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका स्टार स्पिनर सन्दीप लामिछाने भने छुटेका छन्।

तर, क्यान स्रोतका अनुसार सन्दीपले टी २० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्नेछन् ।

टी २० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले  २५ तारिखसम्ममा प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

 यो अनुसार यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । सन्दीपको झिनो आशा भनेको यही नै हो । तर, त्यसका लागि अदालतले सक्रिय देखाउनै पर्छ ।

उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यदि आइतबार सुनवाइ सुरु भयो भने एक/दुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दिएको खण्डमा उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने क्यान स्रोतको भनाई छ ।

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका थिए । अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । तर, उक्त फैसलाविरुद्ध उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । यो साता सुनुवाईको पेशी तोकिए पनि लगातार हेर्न नभ्याइनेमा परेको उक्त मुद्धा अर्को साता प्राथमकतामा राख्ने अदालतले जनाएको छ ।

सँगैका सहकर्मी टी २० विश्वकप खेल्ने टोलीमा पर्दा आफू नसमेटिनुमा सन्दीपको अधैर्यता र छटपटी प्रष्ट देखिएको छ । सोही अधैर्यता उनले हिजो आफ्नो फेसबुक स्टाटसमा पोखे । जिल्ला अदालतले दोषी ठहर गरेयता पहिलो पटक उनले सार्वजनिक टिप्पणी गरेका हुन् ।  

 उनको अनुपस्थितिमा विश्वकपको टोलीमा युवा स्पिनर ढकाललाई मौका दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय