2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवलमा तेस्रोपटक उद्योग व्यापार मेला हुने

रविन्द्र यादव/ कार्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो ।

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै धार्मिक, पर्यटकिय क्षेत्रको विकास गराउने उद्योग वाणिज्य संघ नवलपरासीकोउद्देश्य रहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आजको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । 

सम्रग जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि तथा लघु उद्यमका उपजहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म व्यापक प्रचार प्रसार गराउदै शिक्षा, स्वास्थय रसुचनाको प्रविधिलाई समेत प्रवद्र्धन संघले लक्ष्य बोकेकोसंघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

आगामी मंसिर २३ गतेदेखि संचालनहुन लागेको मेलामा ३ सय स्टल रहने, करिब ३ लाख दर्शकले अवलोक गर्ने र मेलामा करिब ७ करोड को आर्थिक कारोबार हुनेसंघले अनुमान गरेको अध्यक्ष थापाले बताउनु भयो । मेलाको मुख्य आकर्षण भगवान गौतम बुद्धको आमा माया देवीको मन्दिरको आकारको मुल गेट रहने छ भनेमेलामा सुचना प्रबिधि (आईटी) कृषि, पर्यटन,सांस्कृति, बाल उद्यान लगायत मेलाको आकर्षण रहनेसंघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो । 

औद्योगि व्यापार मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माणसमाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन रसूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु राखिने संघले जनाएको छ । व्यापार मेलाबाट अद्योगिक तथा कृषिका उत्पादित बस्तुहरुको गुणस्तर पहिचानतथा बजार विस्तार गर्ने, जिल्लाको धार्मिक तथा पर्यटकयि क्षेत्रको अन्तरष्ट्रिय रुपमा परिचित गराउने, सबैको सुचनामा पहुँच बढाउने यस मेलाका उपलब्धि रहने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो