कात्तिक ८, बुटवल | गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा सोमबार चर्चित कलाकार हेमन्त शर्मा र ज्योति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, बुटवल | गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा सोमबार चर्चित कलाकार हेमन्त शर्मा र ज्योति "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

हेमन्त र ज्योतिले नचाए महोत्सवका दर्शक

८ कार्तिक २०७३, सोमबार १५:४५

कात्तिक ८, बुटवल | गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा सोमबार चर्चित कलाकार हेमन्त शर्मा र ज्योति मगरले दर्शकलाई भरपुर मनोरञ्जन दिए ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा भइरहेको महोत्सवमा खचाखच भरिएका दर्शकलाई कलाकारद्धयले छमछमी नचाए पनि । शर्मा र मगरले आघा दर्जन नयाँ पुराना गीत गाएका थिए । ज्योतिले गीतसंग शारीरिक हाउभाउ देखाउँदै दर्शकमाझ पुगेपछि माहोल तालेको थियो । ज्योतिको हाउभाउले उत्तेजित बनेका युवालाई समाल्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । हाँस्य कलाकार उज्ज्वल गिरीले आफ्नो रोचक प्रस्तुति प्रस्तुत गरे ।  

यसैबीच सोमबार पुरुष तथा महिला कुस्ती प्रतियोगिताले पनि उत्तिकै रोचकता थप्यो । जम्मा ८ जोडीको प्रतिस्पर्धा भएको खेलमा ५ जोडी बराबरीमा रोकिए भने ३ जोडीमा हारजित भयो । प्रतिस्पर्धामा भारत बानारसका सिकन्दरले अयोध्याका ओकिललाई , नवलपरासीका मनु वर्माले भारत मध्यप्रदेशका घोटुचनलाई तथा मर्चवारका बिनोदले भारतका भारतका अशोकलाई पराजीत गरेको खेलकुँद व्यवस्थापन उपसमितिका संयोजक बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार मंगलबारदेखि कुस्तीका फाइनल चरणका खेल हुनेछन् ।

दोहोरी गीततर्फ वाक ओभरको आधारमा मिर्मिरे दोहोरी सांझका कलाकारले लोक तथा दोहोरी गीत प्रतिष्ठान प्युठानका कलाकारलाई पराजीत गरे भने मंगलबारको खेल हिमचुली दोहोरी साँझ र लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका बीच हुने सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।


यसैबीच महोत्सवमा सोमबार डेढ करोडको बराबरको आर्थिक कारोबार भएको र  २८ हजार दर्शकको सहभागिता रहेको महोत्सव सचिवालयका संयोजक सिताराम रसाईलीले जानकारी दिए ।

महोत्सवमा फेसन शो, डान्स आइडल तथा हाउजीबिंगो तम्बोला लगाएतका कार्यक्रमहरु पनि जारी रहेका छन् ।  

महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको आयोजकले बताएका छन् । महोत्सव कात्तिक १५ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता