2026-09-24 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अस्ट्रेलियामा नेपालीहरुको संख्या दुई बर्षमै ५० हजारले बढे

वैशाख २३, काठमाडौँ । अष्ट्रेलियाको ABS (Australian Bureau of Statistics) ले भर्खरै सन् २०२३ को जन्मिएको देशको आधारमा जनसंख्या स्थिति जारी गरेको छ । अष्ट्रेलियामा सामान्यतया जनगणना (प्रत्येक ५ वर्षमा) बाट मात्र यसबारे एकिन अपडेट पाउँछौं तर हालैका वर्षहरूमा ABS ले जन्म देशको आधारमा पनि अनुमानित जनसंख्या प्रकाशित गर्न थालेको हो ।

एक मिडिया रिपोर्ट अनुसार नेपालीहरुको संख्या सन् २००६ मा ४,३५० मात्र रहेको थियो तर उक्त संख्या २०२१ को तथ्यांक अनुसार बढेर १,३०,००० गणना गरिएको थियो । त्यस यता २०२३ सम्ममा नेपालीहरुको संख्या बढेर १७९०५० जना पुगेको छ । रिपोर्ट अनुसार पछिल्लो दुई बर्षमै नेपालीहरुको संख्या ४८ हजार भन्दा बढीले बढेको छ । अष्ट्रेलियामा पछिल्लो दुई बर्षमा भित्रने आप्रवासी कामदारहरुको सूचिमा नेपाल चौथो नम्वरमा रहेको छ । 

पछिल्लो दुई बर्षको डाटा अनुसार अष्ट्रेलियामा सबैभन्दा बढी भारतका नागरिकहरुको वृद्धि भएको छ । उनिहरुको संख्या १,३३,७६० जनाले बढेको छ । 

अष्ट्रेलियामा बढेको आप्रवासीहरुको २०२१-२०२३ को तुलनात्मक वृद्धिलाई हेर्दा नेपालीको वृद्धिदर तेश्रो स्थानमा छ । सर्वाधिक ११८ प्रतिशतले भुटानीहरु थपिएका छन् भने दोश्रो स्थानमा ६१ प्रतिशतले कोलोम्बियनहरु थपिएका छन् । त्यस्तै तेश्रो नम्वरमा नेपालीहरु थपिएका छन् । पछिल्लो दुई बर्षमै नेपालीहरु ३७ प्रतिशतले थपिएका हुन् । 

नेपालबाट अष्ट्रेलियामा बिद्यार्थी भिसा, पहिलेनै अष्ट्रेलिया गएका नेपालीहरुको परिवार, त्यहाँ रहेका नेपालीहरुले जन्माएका बच्चा र नेपाल बाहेक अन्य देश हुँदै पनि अष्ट्रेलिया गएका नेपालीहरुले अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी