कार्तिक ८, काठमाडौँ | निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उदेश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्तिक ८, काठमाडौँ | निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उदेश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आ"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान विरुद्ध राजधानीमा १ घण्टे युवा खवरदारी

८ कार्तिक २०७३, सोमबार १५:५७

कार्तिक ८, काठमाडौँ | निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उदेश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आज राजधानीमा १ घण्टे युवा खवारदारी धर्ना आयोजना गरेका छन । 

खवरदारीलाई सम्वोधन गदै वाइसिएलका अध्यक्ष आरसी शर्माले कोही पनि व्यक्ति संविधान र कानुन भन्दामाथि नहुने भएको हुनाले उनलाई कार्वाही गर्न दलहरुलाई खुटा नकमाउन आग्रह गरे । अर्को प्रसंगमा दलहरुले विगतमा जनआन्दोलनका लागि दोषीलाई नियुक्त गरी गल्ती गरे पनि अहिले सच्चाउने मौका भएको जिकिर गरे ।

त्यस्तैगरी नेकपा एमालेका सांसद रामेश्वर फुँयालले लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा समर्थन गर्दै लोकमानको सम्पति सार्वजनिक गर्न संसदमा आवाज उठाउने बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले एमाले र एमाओवादीले छापामार शैलीमा महाअभियोगको प्रस्ताव दर्ता गरेकोमा नेपाली काँग्रेसको असन्तुष्टी भएता पनि लोकमान विरुद्धको जनमतलाई सम्मान गर्दै केहि दिनभित्रमा महाअभियोगको पक्षमा नेपाली काँग्रेसले निर्णय गर्ने बताउनु भयो । 

संविधान, कानुन, न्यायलय र जनमतलाई लोकमान सिंह कार्कीले धावा बोलेकोले उनलाई संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अनुमोदन नहुन्जेलसम्म युवाहरुले खबरदारी गरिराख्ने अभियानका संयोजक नरेन्द्र खतिवडाले बताए । 

उक्त कार्यक्रममा चेत नारायण रसाइली, सरोज बानियाँ, सरोज दिलु विश्वकर्मा, महेन्द्र थापा, भिम लामा लगायतका सामाजिक अभियान्ताले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता