2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कार्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने मुख्य सचिव सुवेदीको भनाई

भावना पौडेल/कार्तिक ८ डडेल्धुरा । नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुबेदीले कात्तिक भित्र संबिधानको साझा सुचि तयार गर्ने बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौद्धारा डडेल्धुरामा सोमबार आयोजित ‘संघियता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना’ सम्बन्धी १ दिने गोष्ठी कार्यक्रममा उनले यस्तो बताएका हुन । सो कार्यको प्रभावकारीताका लागि आफैले २५ बुदँे रोड म्याप बनाएको र सोही अनुुसार अगाडि बढ्ने मुख्य सचिव सुबेदीले बताएका थिए । ४० जना सह सचिवको नेतृत्वको ५ समुह बनाई अहिले देशका ७ वटै प्रदेशमा कार्यक्रम गरिरहेको बताउदै पहिलो कार्यक्रमको प्रदेश नम्बर ७ को डडेल्धुरामा आयोजना गरिएको उनको भनाइ छ । सुवेदीको नेतृत्वमा नेपाल सरकारका सचिव लगायतका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट आएको टोलीले गोष्ठीमा बिशेष गरि राज्य पूर्नःसरचना, प्रशासन पुर्नःसरचना र प्रशासनिक हिसाबले सविंधान कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा बिशेष छलफल गरेको हो ।  सङ्घीयता कार्यान्वयनको सन्दर्भमा सम्बन्धित सबै निकायले कानुन तर्जुमा गर्दा मितव्ययिता र प्रभावकारिता अवलम्बन गर्ने, साथै भावी सङ्गठन÷संरचना तयार गर्दा न्यूनतम आकारको सङ्गठन÷संरचना सिर्जना गर्न ध्यान दिन आवश्यक रहेको सहभागि सबैले औँल्याएका छन । गोष्ठीमा सुदूरपश्चिम तथा प्रदेश नम्बर ७ का सुरक्षा निकायका क्षेत्रीय तहका प्रमूख तथा निर्देशक, ९ वटै जिल्लाका प्रमूख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी र राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई