2026-09-07 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलद्वारा गाजाको रफामा आक्रमण

वैशाख २५, काठमाडौँ । इजरायल र हमासबीचको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ ।

रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ ।

सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो ।

तश्विरमा: रफामा आक्रमणपछि देखिएको धुवाँको मुस्लो । फोटो : रोयटर्स

त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु बालबच्चा, झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् ।

इजरायली सेनाका प्रवक्ताले रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागेको बताएका छन् ।

हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ ।

हमासको तर्फबाट वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको भन्दै त्यसलाई आतंकवाद भनेका छन् र यसको जम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताएका छन् ।

इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म वार्ता भएको थियो । तर वार्ता निष्कर्षविहीन भएको थियो ।

वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ ।

गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ