2026-09-24 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दुबईबाट केन्या हुँदै अवैध बाटो अमेरिका पठाइदिन्छौँ भनी १० जनाबाट साँढे ५ करोड रकम ठगि गर्ने गिरोह पक्राउ

बैशाख २८, काठमाडौँ । अवैध बाटोबाट अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिने भनि १० जना नेपालीहरुबाट साँढे ५ करोड ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ कि ४२ वर्षीय ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।

उनीहरुले सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाईदिन्छौं भनि विभिन्न तवरले  विश्वास दिलाई राहदानी, फोटो, पुलिस रिपोर्ट, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कार्डसमेतका कागजातहरु लिई आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यासम्म जाने हवाई टिकट दिई केन्यामा पुर्‍याई साथमा रहेको डलर समेत अन्य अफ्रिकी मुलका एजेन्टबाट लिन लगाई केन्यामा ६ महिनासम्म बन्धक बनाएर खान बस्न समेत नदिई  झुक्यानमा पारी  मोटो रकम लिई मानव तस्करी तथा ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको हो । पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेका थिए । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्।

प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि मानव तस्करी गरी ठगी गरेका अपराधमा प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी