१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दुबईबाट केन्या हुँदै अवैध बाटो अमेरिका पठाइदिन्छौँ भनी १० जनाबाट साँढे ५ करोड रकम ठगि गर्ने गिरोह पक्राउ

२८ बैशाख २०८१, शुक्रबार ०७:५१

बैशाख २८, काठमाडौँ । अवैध बाटोबाट अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिने भनि १० जना नेपालीहरुबाट साँढे ५ करोड ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ कि ४२ वर्षीय ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।


उनीहरुले सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाईदिन्छौं भनि विभिन्न तवरले  विश्वास दिलाई राहदानी, फोटो, पुलिस रिपोर्ट, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कार्डसमेतका कागजातहरु लिई आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यासम्म जाने हवाई टिकट दिई केन्यामा पुर्‍याई साथमा रहेको डलर समेत अन्य अफ्रिकी मुलका एजेन्टबाट लिन लगाई केन्यामा ६ महिनासम्म बन्धक बनाएर खान बस्न समेत नदिई  झुक्यानमा पारी  मोटो रकम लिई मानव तस्करी तथा ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको हो । पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेका थिए । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्।

प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि मानव तस्करी गरी ठगी गरेका अपराधमा प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट