कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ । 
२८ मंसिर २०८२, शनिबार
कृषि गतिबिधी

धादिङका कृषक, बिद्यार्थी र पत्रकार पुरस्कृत

९ कार्तिक २०७३, मंगलवार ०३:१५

कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ । 

जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा कार्यालयले स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रजिअ विश्वप्रकाश सुवेदीले नगद पुरस्कारसहित प्रशंसापत्र, सम्मानपत्र र कदरपत्र प्रदान गर्नुभयो । 

रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक सम्मानबाट पुरस्कृत गरियो । 

त्यस्तै कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पुर्याए बापत ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडीलाई रु तीन हजार पुरस्कारसहित कदरपत्रद्वारा र विश्व खाद्य दिवसको नारा ‘भइरहेछ जलवायु परिवर्तन गर्नु छ खाद्य र कृषिमा अनुकूलन’ मा आधारित अन्तरमावि निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना पाउने चार छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो । 

निबन्ध प्रतियोगितामा बागेश्वरी मावि बेनीघाटका नवीनकुमार त्रिपाठी प्रथम भएका थिए । कार्यक्रममा धान, मकै र गहुँ बाली उत्पादक उत्कृष्ट कृषक १२ जनालाई र कृषि क्षेत्रका अगुवा कृषकमध्येबाट तरकारी, माछापालन, गाई, बङ्गुर, बाख्रापालन, सुन्तलाखेती घाँसको बीउ उत्पादक १० कृषकलाई पनि सम्मानपत्रका साथ पुरस्कृत गरिएको थियो । रासस 

माथीको तश्विरमा: कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पुर्याए बापत पुरस्कृत बनेका ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडी सम्मान तथा पुरष्कार ग्रहण गर्दै । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ