२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंकको ताला फोड्न नसकेपछि चाबी खोस्न सुरक्षा गार्डको हत्या

३० बैशाख २०८१, आईतवार ११:५९

बैशाख ३०, काठमाडौँ । लुटपाट गर्ने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको खुलेको छ । 

हत्यामा संलग्न सोही नगरपालिका वडा नं ५ का चन्द्र बहादुर सुवेदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले बैंकका सुरक्षा गार्डको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मधेश प्रदेश र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले बैंक सीसीटिभी फुटेजको अध्ययनको आधारमा सुवेदीलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो । सुवेदीलाई प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नं. १ लोथरबाट शनिबार पक्राउ गरेको हो।


गत बिहीबार बिहान फुयाँल बैंकमा मृत भेटिएका थिए। उनीमाथि खुकुरी प्रहार भएको थियो। यस घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयसँगै मधेस प्रदेश प्रहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो। 

 प्रहरीका अनुसार पक्राउ परेका सुवेदी बैंक लुट्ने उद्देश्यले उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरेका थिए। करिब राति साढे १२ बजेतिर उनी बैंकमा प्रवेश गरेका थिए। लुटपाटका लागि उनले आफूसँग हेक्साब्लेड, रेन्चु, पिलास, डोरी, रड र खुकुरी बोकेका थिए। त्यही सामग्रीको प्रयोग गरी बैंकमा रहेको एउटा ताला फोड्न भ्याएका थिए। यद्यपि, दोस्रो तहको ताला भने फोड्न सकेनन्। त्यसो नसकेपछि उनी सुरक्षा गार्ड फुँयालको कोठामा प्रवेश गरेका थिए।

कोठामा रहेको चाबी देखेपछि खोस्न खोजेका थिए। तर त्यसबेला सुरक्षागार्ड फुँयालले चाल पाएका थिए। जसपछि दुई जनाबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ।

त्यसपछि त्यहाँ रहेको खुकुरीले फुँयालमाथि प्रहार गरी हत्या गरेका थिए। उनले बैंकमा लुटपाट गर्न भने भ्याएनन्।

हत्या गरेर भागेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो। सिसिटिभी फुटेज र अन्य प्राविधिक विश्लेषणको आधारमा प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनले आफू आर्थिक समस्यामा रहेको कारण बैंक लुट्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन्। त्यस्तै उनले केही समय सशस्त्र प्रहरीको जवान भएर समेत काम गरेको खुलेको छ।

प्रहरीले उनीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ। पक्राउ गरेपछि उनले लुकाएका सामानको खोजी गरिएको थियो। कतिपय सामान उनकै घरबाट बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु