१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका पठाउछौँ भन्दै केन्यामा लगेर बन्धक बनाएको आरोपमा थप ३ जना सार्वजनिक

३१ बैशाख २०८१, सोमबार ०६:५७

बैशाख ३१, काठमाडौँ |  नेपालबाट अवैध बाटो हुँदै अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् ।

तिनैजनालाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनिहरूले भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोड भन्दा धेरै ठगेको आरोप छ ।


उनका अनुसार शुक्रबार सोही मुद्दामा पक्राउ परेका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा राखेर संगठित मानव तस्करी गर्दै आएका थिए । भारतको नयाँ दिल्लीमा बसेर उनीहरुले ठगी गर्दै आएको प्रहरीले आरोप लगाएको छ ।

पक्राउ परेकाहरुले अमेरिका जाने प्रलोभन देखाएर प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म र क्यानडा जान प्रतिव्यक्ति २२ देखि ३० लाख रुपैयाँसम्म लाग्ने विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेकाहरुले अमेरिकाका लागि दुबई ट्रान्जिट बनाएर केन्या, युगान्डा लगेर ९ महिनासम्म बन्धक बनाएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा यसअघि ३ जना पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुले केन्या र युगाडामा पनि सम्बन्धित देशका नागरिक समेतलाई एजेन्ट राख्ने गरेको पाइएको प्रहरी निरीक्षक रेग्मीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट