१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्माहत्या

१ जेष्ठ २०८१, मंगलवार ०६:०९

जेठ १, सल्यान । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका श्रीमानले पनि घरनजिकैकाे रुखमा झुन्डिएर आत्महत्या गरे। 

सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । रानादम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।

आइतबार मात्रै  बनगाड कुपिण्डे नगरपालिका- ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान् पनि  झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरूको पनि डेढ वर्षको छोरीसहित तीन छोराछोरी रहेका छन् । अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट