2026-07-25 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंक लुट्न जाँदा मारिएका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलासा

जेठ १, काठमाडौँ । वैशाख २७ गते हत्या गरिएका सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखाका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलेको छ। तर हत्या गर्दासम्म पनि अभियुक्तले आफन्त भनी नचिनेको र पछि मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले बताए। 

२७ गते बिहान साढे ३ बजेतिर नेपाल बैंकको फत्तेपुर शाखामा सुरक्षा गार्डका रुपमा कार्यरत सप्तकोसी नगरपालिका २ का ५५ वर्षीय पर्शुराम फुयाँलको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्या आरोपमा प्रहरीले सोही नगरपालिकाका ५ का ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई चितवनबाट पक्राउ गरेको थियो। अहिले उनलाई अदालतबाट पहिलो पटक ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मृतक फुयाँल हत्या आरोपित सुवेदीका ससुरा नाता पर्ने प्रहरीले जनाएको छ। तर सुवेदीले फुयाँल आफन्त भएको हत्यापछि मात्रै थाहा पाएको बताएका छन्। अनुसन्धान तथा खानतलासीका लागि प्रहरी सुवेदीको घरमा पुग्दा सुवेदीका बुबाले प्रहरीलाई सम्धीको हत्या भएकाले उनको घरमा पुगेर फर्किएको बताएका थिए। 

मृतक फुयाँलकी छोरीसँग पक्राउ परेका सुवेदीका काकाको छोराले बिहे गरेको सप्तकोसी–५ का वडाध्यक्ष गोसाइँ चौधरीले जानकारी दिए। मृतक फुयाँल अवकाशप्राप्त सैनिक हुन् भने हत्या आरोपित सुवेदी सशस्त्र प्रहरीका पूर्वजवान हुन्। सशस्त्र प्रहरीमा ९ वर्ष काम गरेर उनले १६ महिनापहिले राजीनामा दिएका थिए। 

मृतक फुयाँल भने नेपाली सेनाबाट अवकाश भइसकेपछि वैदेशिक रोजगारीमा गएका थिए। वैदेशिक रोजगारीबाट फर्किएपछि उनी आफ्नै ठाउँमा खुलेको नेपाल बैंकको सुरक्षा गार्डमा भर्ती भएका थिए।  तर बैंक लुटपाटका लागि मध्यराति पसेका लुटेराले उनको हत्या गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक