2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ

कात्तिक ९, उदयपुर । उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् । 

डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले उद्योग प्रशासनलाई झुक्याएर नागरिक हितकोषबाट पुनः रु १२ लाख लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले तामाङलाई पक्राउ गरेर ठगीसम्मन्धी दर्ता गरेकोे छ । 

सो उद्योगका प्रवन्धक सुरेन्द्र पौडेल भन्नुहुन्छ – “आफू नै प्रवन्धक भएको बेला यो कार्य यस्तो कार्य भएकामा छानबिन भइरहेको छ ।” 

तामाङले अवकाशसँगै आफूले पाउन पर्ने सेवा सुविधा सबै लिएर पनि फेरि पाएको छैन भनेर पुनः रु १२ लाख लिएर ठगी गर्नुको पछाडि उद्योगकै कर्मचारीको मिलेमतो हुनसक्ने अन्य कर्मचारीको धारणा छ । 

तामाङकी श्रीमती राजकुमारी तामाङले आफूले रु १२ लाख फर्काउन तयार भएपनि प्रहरीले जबर्जस्ती कारबाही अगाडि बढाएको बताइन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई