जेठ २, दाङ | दाङमा पौडी खेल्नेक्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्नेक्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
भारतबाट फुपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दीपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले जानकारी दिए ।
दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दीपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।