2026-07-24 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

जेठ २,  काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२-००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२-००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्कास्थित सडकमा बा.प्र.०२-०२८ प ४४६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ९ वर्षीय युवराज बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ पर्ती टोलस्थित सडक छेउमा पनि रोकी राखेको ज.१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश २-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-९ बेला बस्ने  २८ वर्षीय संजित साहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी दाङको घोराही उपमहानगरपालिका-१३ हेलो टावरस्थित सडकमा रा.५ प ४९०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक रोल्पा रून्टीगढी गाउँपालिका-५ घर भई हाल दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने ३२ वर्षीय सागर घर्तीको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक