2026-07-24 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन : ओली

जेठ २, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए।

‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ।’

“नेपाली कांग्रेसलाई सरम हुनुपर्दछ, मुद्दा हारेका भ्रष्टाचारमा अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर । जसको केही मुद्दा छैन । उ चाहिँ भ्रष्टाचारी हो छानबिन आयोग गठन गर भन्ने ?,”  उनले भने, “भ्रष्टाचारी ठहर भएकाले नारा लगाइरहेका छन् । भ्रष्टाचारी ठहर भएका सांसदलाई बाहिर निकाल्नुपर्दैन । नियम कानुन नेपाली कांग्रेसले पढ्या छैन ?” 

उनले कांग्रेस अनेक आरोपमा फाइल दबाउँदैमा हैरान भएको बताए । उनले एउटा पार्टी, गुटको स्वार्थका लागि संसद् बन्दक बनाउन नसकिने बताए ।

संसद्‌मा निगाहको समय नचाहिने भन्दै आपत्ति जनाएका कांग्रेस महामन्त्री गगन थापामाथि पनि खनिए । “सभामुखले तपाईंलाई समय दिएभन्दा निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रस्तुत गर्ने । सभामुखसँग कस्तो भाषा हो त्यो ?,” ओलीले प्रश्न गरे । 

उनले आफूहरू संसद् सुचारु गर्ने पक्षमा रहेको बताए । ओलीले कांग्रेसका नेताहरूको जन्मकुण्डली थाहा भएको चेतावनी समेत दिए । “संसद् सुचारु गर्ने पक्षमा छौँ । कहिँकतै अभियोजन केही छ भने अभियोजन भएको ठाउँबाट चल्ला । कांग्रेसले नै प्रमाणित ठोकिदिने,” ओलीले भने, “कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।”

उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए।

‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्ने? कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन। कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’

उनले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको भन्दै आक्रोश पोखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक