१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन : ओली

२ जेष्ठ २०८१, बुधबार ०९:१५

जेठ २, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए।

‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ।’

“नेपाली कांग्रेसलाई सरम हुनुपर्दछ, मुद्दा हारेका भ्रष्टाचारमा अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर । जसको केही मुद्दा छैन । उ चाहिँ भ्रष्टाचारी हो छानबिन आयोग गठन गर भन्ने ?,”  उनले भने, “भ्रष्टाचारी ठहर भएकाले नारा लगाइरहेका छन् । भ्रष्टाचारी ठहर भएका सांसदलाई बाहिर निकाल्नुपर्दैन । नियम कानुन नेपाली कांग्रेसले पढ्या छैन ?” 


उनले कांग्रेस अनेक आरोपमा फाइल दबाउँदैमा हैरान भएको बताए । उनले एउटा पार्टी, गुटको स्वार्थका लागि संसद् बन्दक बनाउन नसकिने बताए ।

संसद्‌मा निगाहको समय नचाहिने भन्दै आपत्ति जनाएका कांग्रेस महामन्त्री गगन थापामाथि पनि खनिए । “सभामुखले तपाईंलाई समय दिएभन्दा निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रस्तुत गर्ने । सभामुखसँग कस्तो भाषा हो त्यो ?,” ओलीले प्रश्न गरे । 

उनले आफूहरू संसद् सुचारु गर्ने पक्षमा रहेको बताए । ओलीले कांग्रेसका नेताहरूको जन्मकुण्डली थाहा भएको चेतावनी समेत दिए । “संसद् सुचारु गर्ने पक्षमा छौँ । कहिँकतै अभियोजन केही छ भने अभियोजन भएको ठाउँबाट चल्ला । कांग्रेसले नै प्रमाणित ठोकिदिने,” ओलीले भने, “कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।”

उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए।

‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्ने? कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन। कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’

उनले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको भन्दै आक्रोश पोखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट