८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भैरहवामा तीन किलोमिटर लामो ‘अर्वान रनवे’ तयार, आकस्मिक ल्याण्ड गर्न सकिने

९ कार्तिक २०७३, मंगलवार ०७:५१

कात्तिक ९, काठमाडौं | भैरहवामा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो 'अर्वन रनवे' तयार भएपछि आपतकालिन अवस्था आईपरे आकस्मिक अवतरण गर्न मिल्ने भएको छ । माटो 'कम्प्रेसन' गरी बनाइने 'सबग्रेड लेबल' तयार भइसकेको कारण आपत परेका बिमानहरु उक्त बिमानस्थलमा अवतरण गरिन् सकिनेछ ।

माटोको काम लगभग सकिएको कारण प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिने योजना छ । निर्माण अधिकारीहरुको अनुसार बिमानस्थलको रनवे केहि समयमै सकिनेछ भने निर्माणको लाग्भाग आधा काम छिट्टै सम्पन्न हुँदैछ । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडाईमा बन्दैछ । उक्त बिमान स्थलमा हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया समेत बनाइएको छ ।

बिमान स्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन पनि निर्माणकै चरणमा छ । त्यस्तै बिमान स्थलको कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणको काम पनि जारी छ । त्यस्तै रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बनाउने योजना छ । पहिलेको गुरुयोजना अनुसार 'एरो ब्रिज' बनाउने डिजाइन नगरिएपनि निर्माणकार्य सुरु भएपछि 'एरो ब्रिज' बनाउने निर्णय गरिएकोले अब 'एरो ब्रिज' सहितको नयाँ टर्मिनल भवन बनाइनेछ ।

विमानस्थल निर्माण अधिकारीहरुको अनुसार बिमान स्थल २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प र तराई आन्दोलनका कारण ६ महिना पछि सम्पन्न हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता