2026-07-07 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बेपत्ता परिवारको दशैं तिहार रुवाबासीमै

2016-10-25

कविता उपाध्याय, कात्तिक ९, रोल्पा । “दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दशैं रुवाबासीमै बित्यो । तिहार र छठ पर्व नजिकिँदै गर्दा पनि खुसीयाली थपिनुको साटो उनीहरूलाई बेपत्ता पारिएका आफन्तको सम्झनाले चोटैचोट मात्र दिएको छ । 

जवानीमै सिउँदो पुछिएका श्रीमती, बूढेसकालको सहारा गुमाएका आमाहरु, आफूलाई धर्ती देखाउने र शिक्षा दिक्षाको उज्यालो बाटोमा हिँडाउने मातापिता गुमाएका सन्तान वा दाजुभाइ तथा दिदीबहिनी गुमाएका आफन्त सबैमा यो दसँै तिहारले थप पीडा दिएको परिवारका सदस्यले बताएका छन् । 

दसँै तिहार र छठजस्ता महान चाडपर्व नजिकिन थालेपछि परदेसीएका प्रवासी घर सम्झेर आउन थालेसँगै बेपत्ता परिवारमा रुवाबासी सुरु हुन थालेको हो । यसरी अन्य परिवारका प्रवासी घर फर्कदा बेपत्ता पारिएका आफन्तको सम्झनाले थप पीडा दिने गरेको बेपत्ता परिवारका सदस्यले बताए । 

अझ दसैँको टीका जमरा र तिहारको देउसी भैलोले बेपत्ता परिवारमा उत्साहको साटो पीडा थप्ने उनीहरुको भनाइ छ । “हाम्रा आफन्त पनि बेपत्ता नपारिएको भए यसरी नै धन कमाएर चाडपर्वका बेला घर फर्कन्थे होल बडाचौर– ८ रोल्पाका भक्तबहादुर सुनारले निराश हुँदै भन्नुभयो ।” 

सुनारका जेठा छोरा सशस्त्र युद्धका बेला गाउँबाटै बेपत्ता पारिनुभएको थियो । “म त बाहिर काममा निस्कन्छु मन बुझाउँछु तर उसकी आमाको रुँदारुँदा आँखा बसिसके । जीउ कमजोर बन्दै गएको छ । भक्कानो फुटेर निस्केको आँसु रोक्न सकिदो रहेनछ उहाँले भन्नुभयो । यो दसँै तिहारले सुनारको परिवारमा अझ थप पीडा निम्त्याएको छ । यस्तै उमेरले ७० वसन्त पार गरिसकेकी जेलवाङ– ४ रोल्पाकी गौना बूढाले वर्षौ बितिसक्दासम्म पनि छोरो नफर्किएपछि छोरालाई भेट्ने आशा मारिसक्नु भएको छ । अब छोरो मरेको खबर सुन्न पाए मन बुझाउने थिएँ उहाँले भक्कानिदै भन्नुभयो । कहिलेकाँही छोरो सपनामा आएको देख्दा निकै खुसी हुन्छु । तर सपनाबाट ब्यूझिँदा मन बुझाउन निकै गाह्रो हुन्छ । उहाँ भक्कानिनुभयो । 

विसं २०५५ दशवर्षे सशस्त्र युद्धका समयमा गाईवस्तु चराउन गएको १४ वर्षीय छोरा नलै बूढालाई गोठबाटै माओवादीले अपहरण गरेर लगेपछि आजसम्म पनि उहाँको अत्तोपत्तो छैन । बूढेसकालमा जन्मिएको एक मात्र छोरो बाँचुञ्जेल पालोस मरेपनि चितासम्म पु¥याओस् भन्ने बूढाको सपना थियो । तर बिचमै तोडियो । उहाँका १२ सन्तान जन्मिएकोमा आठजना मरे, बचेका तीन छोरी विवाह गरेर गएँ । आफ्नो बूढेसकालको साहारा सम्झेको छोरा बेपत्ता पारियो । केही महिनाअघि श्रीमान् शङ्करे बूढाको पनि छोराको यादमा तड्पि/तड्पि मृत्यु भएपछि गौना बूढा असहाय बन्नुभएको छ । 

छोरो भएको भए बुहारी हुन्थी, नाती नातिनी हुन्थे यो तिहारको रमझममा घर कति उज्यालो हुँदो हो उहाँँले मीठो कल्पना सुनाउदै भन्नुभयो कति हिउँद बिते कति वर्षाऋुतु मौसम बदलियो, ऋतु बदलियो तर मेरो मन बदलिन सकेन” । यस्तै सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका जंकोट रोल्पाकी ८९ वर्षिया सोमरा पुनका आँखा पनि अझै ओभाएका छैनन् । हाल कान्छी छोरीसंग बस्दै आएकी पुन भन्नुहुन्छ सबैका छोराहरु चाडपर्वका बेला धन कमाएर विदेशबाट फर्कदा मन धर्कन्छ । छोराले पढ्यो भने बुढेसकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि दाङ पठाएका थियौं । विनाकारण बाटोबाटै अपहरणमा परी बेपत्ता पारियो अझै सम्म पनि छोराको अत्तोपत्तो छैन । अरुका लागि दशै आयो तिहार आयो तर हाम्रा लागि दशा उसकै यादमा रुवाबासी छ घरमा ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हाल सम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेहरुमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट ७ जना र तत्कालिन लिबाङ गाविस हालको लिबाङ नगरपालिकाबाट ६ जना रहेका छन् । आफन्तको जिउदो मर्दो खवर नपाउँदा अझैपनि बेपत्ता परिवारका सदस्यहरु तड्पी रहेका छन् । आखिर हाम्रो आफन्तलाई बेपत्ता पारेर के पायो माओबादीले के पायो सरकारले आफन्तहरुको एकमात्र प्रश्न यही नै छ । यस तर्फ सरकारले समयमै चासो दिनुपर्नेमा उनीहरुको जोड छ । यो तिहार र छठ पर्व अगाडि कि बेपत्ता पारिएकाहरुको ज्यान देऊ कि चिहान देऊ । सरकारसंग बेपत्ता परिवारका सदस्यहरुले यही माग राखेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने