३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

फ्री भिसा फ्री टिकटको नीति असफल भएसंगै सेवाशुल्क परिमार्जन हुँदै

८ जेष्ठ २०८१, मंगलवार ०२:३७

जेठ ८, काठमाडौँ । सरकारले फ्री भिसा फ्री टिकटको नीति असफल भएसंगै वैदेशिक रोजगारमा जाने युवाहरुले म्यानपावरलाई बुझाउने सेवा शुल्कमा स्पष्ट नीति सहितको परिमार्जन गर्ने संकेत गरेको छ । फ्री भिसा फ्री टिकटको नीति श्रममन्त्री टेकबहादुर गुरुङले २३ असार २०७२ बाट मन्त्रीस्तरीय निर्णयबाट लागू गरेका थिए । त्यसयता वैदेशिक रोजगारमा जाने युवाहरुले नीतिबिपरित चर्को लागत बुझाउन बाध्य छन् । 


सोमबार भएको एक छलफल कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपि अर्यालले वैदेशिक रोजगारको बेथितिको अन्त्य गर्ने गरि आफ्ना धेरै योजनाहरुबारे धारणा राखेका हुन् । उक्त छलफलमा फ्री भिसा फ्री टिकटको नाममा भईरहेको चर्को अशुली नियन्त्रणको सम्बन्धमा श्रममन्त्री अर्यालले आफ्ना धेरै योजनाहरुबारे जानकारी गराएका छन् । मन्त्री अर्यालले सेवा-शुल्क परिमार्जन गर्ने सम्बन्धमा र त्यसको व्यवहारिक कार्यान्वयनमा जाने गरि काम गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका छन् । उनले वैदेशिक रोजगार व्यवसायीहरु आफैले ९६ प्रतिशत वैदेशिक रोजगारमा जाने कामदारहरुले नीति बिपरित पैसा तिरेर गएको बताईरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । 

मन्त्री अर्यालले व्यवसायी आफैले वैदेशिक रोजगारमा कामदार पठाउँदा एक महिनाको तलब वा १ लाख मध्ये जुन कम हुन्छ त्यसै आधारलाई टेकेर सेवाशुल्क लिन पाउनुपर्ने प्रस्ताव राखेको भन्दै सेवा शुल्कको बारेमा के गर्ने भन्नेमा मन्त्रालयले छिट्टै निर्णय लिन सक्ने संकेत गरेका छन् । मन्त्री अर्यालले सेवा शुल्क परिमार्जन गर्ने बिषयमा सबै पक्षको धारणा लिने बताउँदै आएका छन् । मन्त्री अर्यालले शुल्क व्यवस्थित गर्न सकिए बार्षिक ३० अर्व भन्दा बढी राजश्व बढ्ने बताए । मन्त्री अर्यालले चर्को अशुलीबारे वैदेशिक रोजगारमा जाने युवालाई सुसुचित गरी तोकिएको शुल्क मात्र तिर्न र रसिद लिन/दिन बाध्यकारी गराउने बताए । त्यसरी लिएको रसिद बराबरको रकम मात्र सरकारले पिडितलाई फिर्ता गराउने उनले बताए । त्यस्तै वैदेशिक रोजगारमा जाने र पठाउनेले बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने योजना रहेको बताए । 

साथै मन्त्री अर्यालले यस सम्बन्धमा आफूलाई सुझाव दिन आव्हान गरेका छन् । उनले श्रमिक र देशको हितमा हुने गरि आफूले काम गर्ने कुरामा विस्वस्त रहन आग्रह गर्दै वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रणमा क्रमश सुधार दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मन्त्री अर्यालले जनतामा श्रम रोजगार सम्बन्धि सूचना प्रवाहमा सहज पहुँच स्थापना गरेर यो क्षेत्रलाई व्यवस्थित गराउन सकिने बताए । उनले संचारकर्मीहरुलाई श्रमाधन कल सेन्टरले कसरी काम गरिरहेको छ भन्ने सम्बन्धमा वैदेशिक रोजगार बोर्डमै पुगेर रिपोर्ट निकाल्न, अनुगमन गर्न र सुधार गर्नुपर्ने कुराहरुको बारेमा आफूलाई नियमित जानकारी दिन अनुरोध गरेका छन् । 

मन्त्री अर्यालले श्रमाधान कल सेन्टरमा आएको गुनाशो र सुझावलाई आधार मानेर समस्या पहिचान गरि श्रम मन्त्रालयले काम गर्दै जाने बताए । छलफल कार्यक्रममा मन्त्री अर्यालले आफू श्रम मन्त्रालयमा रहेर काम गर्ने दुई बर्षसम्मको बिभिन्न योजनाबारे पनि जानकारी दिएका छन् ।

उनको योजनामा रेमिट्यान्सको वृद्धि, वैदेशिक रोजगार क्षेत्र सुधार, विदेशिने श्रमिकको न्युनतम तलब र सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाउने लगायतका विषयहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली