२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकपअघि बर्खास्तीमा परे दासानायके

११ जेष्ठ २०८१, शुक्रबार ०६:५५

जेठ ११, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअघि क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई हटाएको छ । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व र प्रशिक्षकको विषयलाई लिएर विवाद भएपछि दासानायकेलाई बखास्त गरेको एजेन्सीले जनाएको छ । क्रिकेट क्यानडाका उपाध्यक्ष गुर्दिप क्लेयरले प्रमुख प्रशिक्षक हटाइएको जानकारी गराएका छन् । विश्वकप सुरु हुन डेढ साता बाँकी रहँदा प्रमुख प्रशिक्षक बर्खास्तपछि पनि नयाँ जिम्मेवारीबारे केही निर्णय भएको छैन । 

गत महिना क्यानडाको क्रिकेट संघको निर्वाचन भएको थियो । नयाँ नेतृत्वले पुराना सदस्यलाई विस्थापित गरेको थियो । संघका उपाध्यक्ष गुर्दिपले आवश्यक प्रक्रियाअनुसारै प्रशिक्षक हटाइएको जनाएका छन् । संघले खडा गरेको तीन सदस्यीय छनोट कमिटी र दासानायकेबीच सम्बन्ध राम्रो छैन । संघले दासानायकेलाई हटाउनुको कारण स्पष्ट पारेको छैन । 


दोस्रोपटकको कार्यकालमा दासानायकेले क्यानडालाई पहिलोपटक टी–२० विश्वकपमा छनोट गराएका थिए । २०११ मा उनी प्रशिक्षक र कप्तानी रहँदा क्यानडाले पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । २०२२ जुलाईदेखि दासानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पद सम्हालेका थिए । उनी श्रीलंका र क्यानडाका पूर्वखेलाडीसमेत हुन् । क्यानडाको क्रिकेट इतिहासमा उनी सफल प्रशिक्षकका रूपमा चिनिन्छन् । २०२३ मा उनकै प्रशिक्षकमा क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विश्वकपअन्तर्गत क्वालिफायर प्ले अफमा स्थान पक्का गरेपछि क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको हो ।

नेपाललाई पनि विश्वकप पुर्‍याए

दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दुईपटक सम्हाले । उनी २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक हँुदा नेपाल पहिलोपटक २०१४ मा टी–२० विश्वकपमा छनोट भएको थियो । उनको दोस्रोपटकको कार्यकाल त्यति लामो भएन । २०२१ देखि २०२२ सम्म उनले नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसवेला संघ र खेलाडीबीचको आन्तरिक कलहका कारण उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै