२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको राजकोटस्थित गेम जोनमा भिषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु

१३ जेष्ठ २०८१, आईतवार ०५:५७

जेठ १३, काठमाडौँ । भारतको राजकोटस्थित टीआरपी गेम जोनमा शनिबार भएको भीषण आगलागीमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका पनि रहेको प्रहरीले बताएको छ ।

सहरको मावरोडस्थित टीआरपी गेम जोनमा शनिबार आगो लागेको थियो । आगो यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो । गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्र फसेको भारतीय मिडियाहरुले बताएका छन् ।


मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले स्थानीयले सर्ट सर्किट भएको जानकारी दिएको पनि बताइएको छ । यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन ।

प्रहरीले शनिबार अपराह्न ४: ३० बजे प्रहरीको नियन्त्रण कक्षमा आगलागीको पहिलो क्ल आएको र तत्काल दमकल घटनास्थल पुगेर आगो निभाएको बताएको छ ।

गुजरात सरकारले घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ । पाँच सदस्यीय एसआईटीको अध्यक्षको जिम्मेवारी सिआइडी क्राइमका प्रहरी महानिर्देशक सुभाष त्रिवेदीलाई दिइएको छ । एसआईटीका अन्य चार सदस्यमा बञ्चनिधि पानी, एच.पी. संघवी, जे.एन. खाडिया र एमबि देसाई रहेका छन् ।

एसआईटीले ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउनेछ। साथै १० दिनभित्र विस्तृत प्रतिवेदन सरकारलाई बुझाउने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राजकोटमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेको बताए ।

राज्य सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै