१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार

१३ जेष्ठ २०८१, आईतवार ०६:०८

जेठ १३, काठमाडौँ । झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ।

अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।

अर्जुनधारा नगरपालिका-१ कै ३५ वर्षीय कृष्ण भनिने सन्तोष एक्तेनले टंकबहादुरमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।

प्रहरीका अनुसार टंकबहादुरको अहिले बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।


टंकबहादुरमाथि अर्जुनधारा-६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका हुन्।

टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। आफन्तका अनुसार निद्रामा रहेका बेला सन्तोषले आएर एकाएक आक्रमण गरेका थिए।

सन्तोष टंकबहादुरका भतिजा हुन्। उनी झगडालु स्वभावका व्यक्ति हुन्। उनले टंकबहादुरलाई हेप्ने, तर्साउने, गालीगलौज गर्ने, बिनाकारण निहुँ खोज्ने गर्थे।  

राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए। तर, छुरा देखाएर उनी भागेका थिए।

पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन्।

‘आमा मिर्गौलाको बिरामी हुनुहुन्छ, नियमित उपचारमा लैजानुपर्छ, बुवलाई यसरी घाइते बनाएपछि परिवारको बिचल्ली भएको छ,’ सलिनाले भनिन्, ‘आक्रमण गर्नेमाथि कडा कारबाही होस्, हामीलाई न्याय दिइयोस्।’

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन्। उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए