१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

१३ जेष्ठ २०८१, आईतवार १०:३९

जेठ १३, काठमाडौं | अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिनसहित पक्राउ

पौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन्।

कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागुऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो।


लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन्। दुबईबाट काठमाडौं आएकी उनलाई काठमाडौं ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।

शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ।

यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली