पंकज धामी | कात्तिक १०, दार्चुला | खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफत गोरखा दक्षिण बाहू (गोदवा) तेस्रो पाएका ९० वर्षिय चन्द्रबहादुर घर्तीको प्रहरी सलामी सहित अन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | कात्तिक १०, दार्चुला | खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफत गोरखा दक्षिण बाहू (गोदवा) तेस्रो पाएका ९० वर्षिय चन्द्रबहादुर घर्तीको प्रहरी सलामी सहित अन्त"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

खम्पा काण्डका गोरखा दक्षिण बाहू तेस्रो घर्तीको देहावसान

१० कार्तिक २०७३, बुधबार ०२:४६

पंकज धामी | कात्तिक १०, दार्चुला | खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफत गोरखा दक्षिण बाहू (गोदवा) तेस्रो पाएका ९० वर्षिय चन्द्रबहादुर घर्तीको प्रहरी सलामी सहित अन्तिम संस्कार गरिएको छ ।

२०३१ साल भदौमा खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफलत २०३२ सालमा तत्कालीन श्री ५ को सरकारले उनलाई गोदवा तेस्रो दिने घोषणा गरेको थियो । काठमाण्डौं जान नसके कै कारण उक्त पुरस्कार लिन नसकेको उहाँका जेठा छोरा ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

चिनियाँ सेनाले तिब्बतमाथि कब्जा गरेपछि, तिब्बती धर्म गुरुका अनुयायी (खम्पा) हरुले बिद्रोह गरे । चीनले त्यो बिद्रोहलाई नियन्त्रण गर्न खोज्दा तिब्बतबाट खम्पाहरु हातहतियार सहित नेपाल र भारत जान खोजे । त्यतिबेला भारतले तिब्बतीहरुलाई शरणार्थीका रुपमा स्वीकार गरेको र नेपालले नगरेको हुँदा ती खम्पाहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । त्यसैगरी चिनियाँ सरकारले नेपाल सरकारसँग तिब्बतीहरुलाई शरण नदिन आग्रह गरेको थियो ।

यही पृष्ठभूमिमा २०३१ साल भदौमा तिब्बतबाट खम्पाहरु भारत र नेपाल पस्न खोजे । चिनसँगको युद्धका बेला कालापानीमा बसेको भारतीय सेनाको सिविर हुँदै भारत जाने खम्पाहरु भारत छिर्न सफल भए भने तिंकर भञ्याङ् भएर आउने खम्पाहरुले तत्काली शाही नेपाली सेना र नेपाल प्रहरीको समाना गर्नु पर्यो । ‘तिंकर भञ्याङ्बाट नेपाल छिर्न खोज्ने बाङ्दीलाई जिउँदो वा मारेर ल्याउनेलाई पुरस्कार दिने घोषणा तत्कालीन श्री ५ को सरकारले गरेको थियो ।’ खम्पा काण्डका प्रत्यक्षदर्शी तथा गोदवा तेस्रो जयदेव अवस्थी बताउनु हुन्छ । ‘नेपाली सुरक्षाकर्मीले बाङ्दीलाई मारेको र केहीलाई पक्राउ गरि काठमाण्डौं पठाउन सफल भएको घटनामा संलग्नहरुलाई गोदवा तेस्रो दिने घोषणा गरियो ।’ त्यतिबेला प्रावि छाङ्रुका प्रधानाध्यापक समेत रहेका गोदवा तेस्रो जयदेव अवस्थी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह