१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जग्गा विवादमा आफ्नै भाइले गरे खुकुरी प्रहार गरी दाइको हत्या

१६ जेष्ठ २०८१, बुधबार ०६:०७

जेठ १६, काठमाडौँ । नुवाकोटको मानेगाउँमा भाइले आफ्नै दाइको विभत्स हत्या गरेका छन् । दाइको हत्या गर्ने भाइलाई प्रहरीले पक्राउ गरेको छ । किस्पाङ गाउँपालिका -५ मानेगाउँमा ६७ वर्षीय शिववहादुर तामाङले  खुकुरी प्रहार गरी आफ्नै दाइ ७२ वर्षीय खमसिंह तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दाइभाइबीच लामो समयदेखि जग्गा विवाद रहेको पाइएको छ। अपराधिक गतिविधिमा संलग्न शिवबहादुरले  दाइलाई घरेलु हतियार खुकुरी  प्रहार गरि हत्या गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार दाइको हत्या गर्ने शिवबहादुरलाई हतियारसहित पक्राउ गरिएको हो।

घटनाको जानकारी पाउने वित्तिकै प्रहरी चौकी मैलुङबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दाइको हत्या गरी आफ्नै घरको माथिल्लो तलामा लुकिरहेको अवस्थामा शिवलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त