2026-07-25 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले गर्यो बालचन्द्र बराललाई निलम्बन

जेठ १७, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायक बालचन्द्र बराललाई निलम्बन गरेको छ।

लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै बिहीबार बसेको कार्यसमिति बैठकले बराललाई निलम्बन गरेको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

‘उहाँको गायन प्रस्तुतिमा समाजमा अपाच्य हुने गतिविधि देखियो । दोहोरीलाई बंग्याएर र मूल संस्कृति नै बिगार्ने गरी उहाँ प्रस्तुत भएको देखियो,’ अध्यक्ष थापाले भनिन्, ‘यसबारे उहाँलाई स्पष्टीकरण सोधेका थियौं । बोलाउँदा पनि सम्पर्कमा आउनुभएन । स्पष्टीकरणको बेवास्ता गरेपछि यस्तो निर्णय गर्नुपरेको हो ।’

बरालसहितको टोलीले लाइभ दोहोरीका नाममा विगत लामो समयदेखी प्रतिष्ठानको गरिमामै आँच पुग्ने खालका छाडा शब्द प्रयोग गरी लोक तथा दाहोरी गितको मर्मविपरितका प्रस्तुती दिँदै आएको थियो।

उनको प्रस्तुतीलाई लिएर चौतर्फी आलोचना भएपछी प्रतिष्ठानले बराललाई यसअघी पनि सचेत गराएको थियो। तर पनि उनले अटेर गरी गित संगीतको मर्ममाथी प्रहार गर्न नछाडेपछी आज आकस्मिक बैठक बसी निलम्बन गरिएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले जानकारी दिनुभयो।

रायमाझीका अनुसार बराललाई ६ महिनाका लागी निलम्बन गरिएको हो। यो अवधीमा बरालले प्रतिष्ठानसँग संबन्धित जिल्ला,प्रदेश, केन्द्रसहितका सम्पुर्ण राष्ट्रीय तथा अन्तराष्ट्रिय गतिविधीमा सहभागि हुन पाउने छैनन्।

साथै, प्रतिष्ठानले सोही क्रियाकलापमा संलग्न अन्य केही कलाकारहरु तथा लाइभ दोहोरी सञ्चालकहरुलाई पनि सचेत गराएको छ। उनिहरुले पनि प्रतिष्ठान र नेपाली लोक संस्कृतीको मर्मविपरितका गतिविधीमा निरन्तर लागिरहे बराललाई जस्तै आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक