2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

संकटा काठमाण्डौ फाईनलमा, टाईवेबरमा ५–३ ले जगदम्बालाई पराजीत

सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा मंगलबार सि.एम जी. संकटा काठमाण्डौ र जगदम्वा ल्म्विनी बिचको मंगलबारको खेल टाईबेकरको आधारमा सि.एम.सी संकटा ५–३ ले विजयी भएको छ ।  

यो सगै सि.एम.सी संकटा काठमण्डौ फाईनलमा प्रवेश गरेको छ भने जगदम्बा लुम्बिनीको यात्रा राईनो संरक्षण गोल्डकप टुङ्खीएको छ । निर्धारित समय भित्र दुबै टिमबाट कुनैपनी गोल हुन नसकेपछि खेल टाईबेकरमा गएको थियो । टाईबेकरमा जगदम्बा लुम्बनीका जर्सी नं. २१ का ऐलन थापाले गोल गर्न नसकेपछि सि।एम।सी संकटा ५–३ ले विजयी भएको छ ।   यो सगै सि.एम.सी संकटा राईनो संरक्षण गोल्डकप २०७३ को फाईनलको यात्रा तय गरेको छ ।

सि एम जी. संकटा काठमण्डौका अफ्रिकी मुलका खेलाडी जर्सी नं। २४ का फेरेन्ट लाभाले रातो कार्ड पाएपछि संकटा १० जनामा मात्र सिमित बनेको थियो ।राईनो संरक्षण खेलकुद अन्र्तगत सेमी फाईनल अन्र्तगत बुधबार ब्वाईज युनियन काठमाण्डौ र  लालवन्दी स्पोर्ट बिच हुने आयोजकले जानाएको छ । आजको खेलको  विजेता टिमले कार्तिक १३ गते सि.एम.जी. संकटा सग खेल्नेछ । 

राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा माननीय खेलकुद मन्त्रि दलजीत वि के श्रीपालीको प्रमुख आतिथ्यता र  राष्ट्रिय कलाकार सहित नेपाल सुन्दरीको समेत उपस्थित रहने हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता