कृष्ण खनाल/कात्तिक १०, बुटवल । रुपन्देही र छिमेकी जिल्लाहरुमा डेंगुबाट संक्रमित विरामीहरु भेटिएपछि जिल्ला डेंगुको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला जनस्वाथ्य का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल/कात्तिक १०, बुटवल । रुपन्देही र छिमेकी जिल्लाहरुमा डेंगुबाट संक्रमित विरामीहरु भेटिएपछि जिल्ला डेंगुको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला जनस्वाथ्य का"/>
2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा ७ बर्षमा ३ सय ४८ मा संक्रमण, ४ को मृत्यु

कृष्ण खनाल/कात्तिक १०, बुटवल । रुपन्देही र छिमेकी जिल्लाहरुमा डेंगुबाट संक्रमित विरामीहरु भेटिएपछि जिल्ला डेंगुको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार यो बर्ष ७ जनामा डेंगुको सक्रमण देखिएको छ ।

 आर्थिक बर्ष २०६७÷०६८ साल देखि हाल सम्म ३ सय ४८  जनामा डेगुको सक्रमण देखिएको हो भने केही दिन यता २ जना विरामीमा डेगु देखिएको छ । शंक्रमित २ जना विरामीहरुको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपाचार भैरहेको छ ।

 जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाह भन्छन्–‘छिमेकि जिल्लाहरुमा डेगुंको शक्रमण देखिएको प्रमाणीत भएसंगै रुपन्देही जिल्ला पनि उच्च जोखिमा रहेको छ ।’जिल्ला जनस्वाथ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०६७/०६८ देखि हाल सम्म कुल ३ सय ४८ जनामा डेंगु रोगको शंक्रमण देखिएको छ । जसबाट ४ जनाको मृत्यु समेत भएको छ । 

तथ्यांक अनुसार २०६७/०६८ मा कुल २ सय ९० जनामा डेगु शक्रमण देखिएकोमा ४ जनाको ज्यान गएको थियो भने २०६८/०६९मा कुल ५ जना ०६९/७०मा २५ जना, ७०/०७१मा १२ जना, ०७१/०७२ मा ९ जना र आर्थिक बर्ष २०७२/०७३ मा ७ जना मा डेगुंको शंक्रमण देखिएको हो ।

चिकित्सका अनुसार डेगुं ज्वरो एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाई वाट सर्नेसंक्रामक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे नगर तथा नगरउन्मूख क्षेत्रमा बढी पाईने  भएकोले शहरी रोग पनि भन्ने गरिन्छ ।  यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डव्वाहरु, रंगका खाली  डव्वाहरु, थोत्रा टायरहरु, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, फूलदानी, गमला, कूलर, पानीका टयांकी आदिमा यसले फूल पार्दछ । 

यस लामखुट्टेले धेरैजसो दिउसो मात्र टोक्ने गरेको पाइएको छ । 

जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाह भन्छन्–‘यो भाइरस चार प्रकारको हुन्छ । डेंगु१, डेंगु२, डेंगु३, डेंग४, डेंगु५, नामको भाईरस बाट लाग्दछ । एक प्रकारको भाइरसबाट एक पटक संक्रमण भएपछि, सो बाट पुन संक्रमण हुँदैन, तर अर्को पटक अर्को प्रकारको भाइरसबाट संक्रमण भएमा खतराजन्य हुन्छ । ’

डेंगु रोगको लक्षणहरुमा  ःएक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु , शरीरमा विमिरा आउनु । रक्तश्राव हुनु, एक्कासी उच्च ज्वरो आई माथिका दूईवा दूई भन्दा बढी लक्षण देखा परेकोखण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ  । 

जटिल डेंगू ज्वरोका लक्षणहरु ःशरीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखा पर्नू,  नाक तथा गिजावाट रगत बग्नू, पेट दूख्नू तथा कालो दिशा आउनू,  खान तथा पिउन गाह्रो हूनू,  फरक किसिमको व्यवहार देखाउनू तथा बेहोसहूनू,  शास फेर्न गाह्रो हूनू तथा हात खूट्टा चिसो हूनू,  पिशाव कम मात्रामा आउनू रहेका छन् । जडिल डेगु रोग एक पटक भाईसरले आक्रमण गरेपछि पुनः अर्को भाईसरले आक्रमण भएमा  लाग्दछ । 

डेंगू ज्वरो विषाणु(भाईसर) का कारण वाट हूने भएकाले यसको खास उपचार छैन । चिकित्सका अनुसार स्वास्थ्य संस्थामा यसको लक्षणका आधारमा उपचार गरिन्छ । यस रोगको खास उपचार नभएकाले रोगिले सामान्यतया घरमै आराम गरि बसेमा तथा प्रशस्त झोलिलो पदार्थ खाएमा आफै ठिक हुन्छ तर रोगको जटिलता बढेमा नजिकको स्वास्थ्य संस्थामा भर्ना भई चिकित्सकको सल्लाह अनूसार उपचार गराउनू पर्दछ ।

बुटवल उपमहानगरपालिका जनस्वाथ्य महाशाखाका प्रमुख बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले गत बर्ष डेगुको प्रकोप रोक्नको लागि खोज र नष्ट गर अभियान थालनी गरिएको भन्दै यस बर्ष पनि सोही अभियानलाई निरन्तरता दिने जानकारी दिए । 

उनका अनुसार यहि कात्तिक महिनाको १० र ११ गते सम्पूर्ण महिला स्वयम सेविका, सहरी स्वाथ्य क्लीनिक तथा अन्य सरोकारवाला निकायहरुको साथमा बुटवलका सबै वडा तथा गाउमा यस सम्बन्धी जनचेतानमुलक कार्यक्रम तथा लामखुट्टेलाई खोज र नष्ट गर अभियान थालनी गरिने छ । उनी भन्छन्–‘छिमिकी जिल्लाहरुमा यसको प्रकोप देखिएको छ, हाम्रो जिल्ला पनि देखियो, त्यसकारण यसमा सबैको सचेतसाथको खाँचो रहेको छ ।’

उनका अनुसार डेंगू ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । जसको लागि पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने, कुलरमा भएको पानीमा प्रत्येक हप्ता दूई चम्चा मटितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,फुलदानीको पानी हप्ताको दुई पटक फेर्ने जस्ता क्रियाकलाप गर्नु आवश्यक छ ।

 यस्तै यस लामखुट्टेले दिउसो टोक्ने भएकाले दिउँसो बस्दा प्रायः बाहुले लुगा वा शरीर पूरै ढाकिने लुगा लगाउने तथा दिउसो सुत्दा पनि झुल हाल्ने ।लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउने । घर वरिपरी सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने  गर्नुपर्दछ । 

बुटवल उपमहानरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद खनालका अनुसार बुटवल वडा नम्बर ११ र १२ का दुई स्थानका व्याक्तिमा डेंगुको शंक्रमण देखिएको छ । खासगरी लामखुट्टेको कारण  डेंगु रोग लाग्ने भएको कारण यसको नियन्णको लागि सम्पुर्ण नगरवासीसंगको हातेमालो अगाडी बढाइएको  छ । सबैको साथ र सहयोग भएमा बुटवलमा डेंगुको जोखिबाट सुरक्षित  रहने सक्ने  उनको भनाई रहेको छ । 

छिमेकी जिल्लाहरुमा प्रकोपको रुपमा रहेको डेंगुरोग रुपन्देहीमा पनि प्रकोपकोरुप नलेलाभन्न सकिदैन, यसको लागि आजबाटै सबैले सचेत रुपमा लामखुट्टेबाट बच्ने उपायहरु अपनाउन जरुरी छ । डेगु रोग सार्ने लामखुट्टे बस्ने उच्च संभावना भएका स्थानहरु , यि स्थानलाई समयमा नै सफा गरी खाली गर्नुपर्ने चिकित्सको भनाई रहेको छ । तस्वीरः सौजन्य जिल्ला जनस्वाथ्य कार्यालय 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई