२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा बिजेपीले बहुमत गुमाउने निश्चित !

२०८१, २२ जेष्ठ मंगलवार ०९:३४

जेठ २२, काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ ।

५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद आवश्यक हुनेमा भाजपा अहिलेसम्म २४१ सिटमा मात्र अगाडी रहेको छ । २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो ।

त्यस्तै भाजपा नेतृत्वको एनडीए गठबन्धन भने अहिले २९४ सिटमा अगाडी रहेको छ ।

त्यस्तै विपक्षी दलको गठबन्धन इन्डियाले अहिलेसम्म २३२ सिटमा अग्रता बनाएको छ । इन्डिया गठबन्धनले भारतको उत्तर प्रदेश, महाराष्ट्र र पश्चिम बङ्गालमा ठुलो अग्रता हासिल गरेको छ ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।

चुनाव सम्पन्न भएपछि सार्बजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन् । ५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ । त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफुहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ