2026-07-26 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइनबाटै हुने

जेठ २४, काठमाडौँ | सरकारले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै गर्ने भएको छ।

आज कन्सुलर सेवा विभागले काठमाडौंमा गरेको एक कार्यक्रमबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त प्रणालीको सुरु गर्ने जनाएका छन्।

विभागले बुधबार सूचना प्रकाशित गरी ‘विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप सूचना प्रविधिको प्रयोग मार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया नेपाली राजदूतावास, अबुधाबीबाट सुरू हुन लागेको’ जनाएको छ।

परराष्ट्र मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नेपालीको लागि अवसर र चुनौती दुवै रहेको भन्दै त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन अनलाइन प्रणालीको शुभारम्भ गरेको बताए ।  

यस प्रणालीबाट सम्बन्धित रोजगारदाता र एजेन्सीहरूले अपलोड गरेको कागजपत्र सुरक्षित हुने र यसरी कामका लागि विदेश गएका नेपाली थप सुरक्षित हुने परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

त्यस्तै श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउदै लैजाने योजनाअनुसार सरकारले काम गरिरहेको बताए ।

उनले फ्री भिसा, फ्री टिकटको व्यवस्थालाई बढाउदै लैजाने बताए । हाल ४ प्रतिशत मात्रै सफल कार्यान्वयन भएको उक्त व्यवस्थालाई कम्तीमा पनि १५–२० प्रतिशतसम्म बनाउने उनले बताए।

अर्यालले वैदेशिक रोजगारमा जाने नागरिकलाई नठगी पठाउन पनि म्यानपावरहरूसँग निरन्तर छलफलमा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ