२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्पले पहिलो पटक भने- पोर्नस्टार विषयको मुद्धाले पत्नीसँगको सम्बन्ध बिग्रियो

२०८१, २७ जेष्ठ आईतवार ०३:२२

जेठ २७, काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गरेका छन् । एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै कम’ कुरा गर्ने गरेको बताएका हुन् । 

यस अघि ट्रम्प र मेलानियाको सम्बन्ध तनावपूर्ण छ र उनीहरूबीच कुनै पनि कुराकानी नभएको लामो समयदेखि अनुमान गरिएको थियो ।

ट्रम्पको पोर्न स्टारसँग सम्बन्ध बाहिर आएर अदालतले दोषी ठहर गरेपछि मेलानिया र ट्रम्पको सम्बन्ध अझ खराब भएको रिपोर्टमा उल्लेख गरिएको छ । मेलानियाले अदालतको फैसलाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । यसले ट्रम्प परिवारमा सबै कुरा राम्ररी चलिरहेको छैन भन्ने अनुमान लगाइएको थियो ।

हालै डोनाल्ड ट्रम्प एक कार्यक्रममा राजनीतिक मुद्दाका अलावा आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि कुरा गरे । उनले यो समय आफ्नो परिवारका लागि कठिन भएको बताए । ट्रम्पले मेरो परिवारमाथि धेरै अन्याय भएको बताएका छन् । उनले आफ्नी श्रीमती मेलानियाका लागि कठिन समय भएको बताए ।

मेलानियाको अवस्थाबारे सोध्दा ट्रम्पले भने– मलाई लाग्छ उनी ठीक हुनेछिन् । इमानदार पुर्वक भन्दा, मलाई लाग्छ कि यो तिनीहरूका लागि सजिलो छैन । मलाई लाग्छ यदि उनले ठीक नभएपनि मलाई यो सबै बताउन पनि चाहँदैनन् ।

यसअघि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आफ्नो कानुनी लडाइ विशेषगरी आफ्नी पत्नीका लागि कठिन भएको बताएका थिए ।

ट्रम्पले पनि स्टर्मी डेनियल केसले आफूलाई गहिरो असर गरेको स्वीकार गरे । उनले यो प्रकरणमा आफ्नी श्रीमती मेलानियासँग सम्बन्धित भएकोले यो घटनाले उनलाई निकै असर गरेको बताए । उनले यो आफ्नो बारेमा मात्र भएको भए यति चिन्तित नहुने बताए ।

मिडिया रिपोर्टका अनुसार पोर्न स्टार स्टर्मी डेनियलसँग ट्रम्पको कथित सम्बन्धलाई लिएर मेलानिया ट्रम्प निकै असहज थिइन् । यो मुद्धाको क्रममा, स्टर्मी डेनियलले ट्रम्पसँग आफ्नो सम्बन्धको बारेमा धेरै दाबी गरेकी थिइन् । ट्रम्पसँगको आफ्नो सम्बन्धको विवरण दिनुका साथै पोर्न स्टारले डोनाल्ड ट्रम्प र मेलानिया दुवै फरक-फरक बेडमा सुत्ने दाबी गरेकी थिइन् ।

डोनाल्ड ट्रम्पले २०१६ मा राष्ट्रपति चुनाव लड्नु अघि पोर्न स्टार स्टर्मी डेनियललाई पैसा तिरेको अदालतमा प्रमाणित भएको छ । उनले आफ्नो पुरानो सम्बन्ध बारे नबोल्न सो रकम दिएका थिए । यसका लागि ट्रम्पले आफ्नो व्यापारिक अभिलेखमा समेत झुटो विवरण राखेका थिए ।

ट्रम्पका वकिल माइकल कोहेनले ट्रम्पको अनुरोधमा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर दिएका थिए । राष्ट्रपति बनेपछि ट्रम्पले आफूलाई पैसा फिर्ता गरेको कोहेनले बताए । यसका लागि उनले कोहेनलाई १० महिनाका लागि धेरै चेक दिए । उनीहरूले यसलाई कानुनी शुल्कको रूपमा रेकर्डमा देखाए, जुन वास्तवमा अपराध लुकाउनको लागि गरिएको भुक्तानी थियो 

ट्रम्पको स्टर्मीसँगको सम्बन्ध २००६ देखि शुरु भएको थियो । ट्रम्प त्यतिबेला घरजग्गा व्यवसायी थिए । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षकी थिइन् भने ट्रम्प ६० वर्षका थिए । जुलाई २००६ मा एक गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।

स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा यो भेटघाटको उल्लेख गरेकी छिन् । उनले ट्रम्पलाई भेट्दा उनकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई जन्म दिएकी थिइन् । ब्यारोनको जन्म भएको ४ महिना मात्रै बितेको थियो ।

उनको पुस्तकमा ट्रम्पका अंगरक्षकहरूले उनलाई नयाँ स्टारको पेन्टहाउसमा डिनरको लागि निम्तो दिएको उल्लेख गरेकी छन् । पुस्तकमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध भएको र त्यसपछि यी दुईबीच अफेयर सुरु भएको उल्लेख छ ।

त्यसपछि ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि आफ्नो सम्बन्धको विषय बाहिर नल्याउन स्टर्मीलाई पैसा दिएका थिए । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएका थिए ।

ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानी जनवरी २०१८ मा वाल स्ट्रीट जर्नलले खुलासा गरेको थियो । यसै आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा दायर गर्ने निर्णय भएको थियो । उनी आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् र यसमा दोषी करार समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ