2026-10-23 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उत्तर कोरियाले फेरी पठायो फोहोर भरिएको बेलुन

जेठ २९, काठमाडौँ । आणविक बमको धम्की दिएको उत्तर कोरियाले दक्षिण कोरियामा लगातार बेलुनमा फोर्हो पठाइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले फेरि पनि फोहोरले भरिएका सयौं बेलुन दक्षिण कोरियामा पठाएको छ ।

यो कारबाही यस्तो समयमा गरिएको हो जब हालै दक्षिण कोरियामा प्योङयाङ विरोधी कार्यकर्ताहरूले बेलुनमार्फत किम जोङ उनविरुद्ध सीमापार पर्चा पठाएको बताएका थिए । किम जोङ उनले पठाएको फोहोरमा चुरोटको बटदेखि लिएर कार्डबोर्ड र प्लाष्टिकका टुक्राहरू सम्मिलित रहेको बताइएको छ । 

राजधानी सोलको सेनाले यस विषयमा मानिसहरूलाई सचेत गराएको बताइएको छ ।

दक्षिन् कोरियाका संयुक्त सेना प्रमुखले उत्तर कोरियाले फेरि एक पटक फोहोर भएको बेलुन दक्षिण कोरियातर्फ पठाएको र मानिसहरूलाई कुनै पनि बेलुन फेला परेमा अधिकारीहरूलाई रिपोर्ट गर्न र तिनीहरूलाई नछुन सल्लाह दिएको बताएका छन् ।

उही समयमा, सोल प्रशासनसँगै, ग्योन्गी प्रान्तका अधिकारीहरूले पनि बेलुनहरू विरुद्ध मानिसहरूलाई सचेत गराएको बताइएको छ । सेनाले उत्तर कोरियाले यसरी फोहोर भरिएको बेलुन पठाएको यो तेस्रो पटक भएको बताएको छ । सेनाले यसअघि बेलुनमा उत्तर कोरियाली प्रचार सामग्री छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताएको थियो । उत्तर कोरियाले सीमा क्षेत्रमा पर्चा र अन्य फोहोरहरू फैलाउन जारी दक्षिणमा सक्रिय कार्यकर्ताहरूविरुद्ध बदला लिने बताएपछि पछिल्लो घटना भएको हो ।

सन् १९५० को कोरियाली युद्धपछि उत्तर र दक्षिण कोरियाले आफ्नो प्रचार अभियानमा बेलुनको प्रयोग गर्दै आएका छन् । दक्षिण कोरियाले प्रचार सामाग्रीले किमलाई चिढाएपछि किमले फोहोर भरिएको बेलुन पठाउन शुरु गरेका हुन् । तर यसअघि यस्ता कुनै पनि कारबाही रोक्ने उत्तर कोरियाले आश्वासन दिए पनि व्यवहारमा नरोकिएको बताइएको छ ।

दक्षिण कोरियाको एउटा समूहले हालै फाइटर्स फर फ्री नर्थ कोरिया अभियान सुरु गरेको थियो । यसले उत्तर कोरियाली फोहोरले भरिएको बेलुनको जवाफमा सीमानामा लाउडस्पीकरबाट प्रसारण गर्न थालेको थियो । यी लाउडस्पीकरहरू उत्तर कोरियातर्फ घुमाइएको थियो । यसमा के-पप संगीत बजाइन्छ, जसले उत्तर कोरियालाई धेरै रिस उठाएको बताइन्छ । उत्तर कोरियामा के–पप गीत सुन्ने वा त्यसको संगीत राख्नेलाई कडा सजायको व्यवस्था छ । दक्षिण कोरियाली सेनाले लाउडस्पीकर जडान गर्नु भनेको चेतावनी हो भनेका छन् । साथै किमको शासनको निन्दा गर्दै दुई लाख पर्चासहित १० बेलुन पठाइएको थियो ।

उत्तर कोरियाली विस्थापितहरू मिलेर बनेको अर्को समूहले पनि शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलको भाषण बोकेका १०० रेडियो, २ लाख प्योङयाङ विरोधी पर्चा र १० वटा बेलुन पठाएको बताएको छ । अर्को समूहका नेता जाङ से-युलले किम जोङ उनले फोहोर भएको बेलुन पठाओस् वा नगरोस्, हामी हाम्रो बेलुन अभियानलाई नरोक्ने बताए । त्यही भएर मुद्दा बढ्दै गएको छ । गत वर्ष, दक्षिण कोरियाको संवैधानिक अदालतले २०२० को कानूनलाई खारेज गर्‍यो जसले प्योंगयांग विरोधी प्रचार पठाउनलाई अपराधी ठहर गर्‍यो, यसलाई अभिव्यक्ति स्वतन्त्रतामा अनुचित प्रतिबन्ध भन्यो । विज्ञहरू भन्छन्, सरकारसँग अब कार्यकर्ताहरूलाई उत्तर कोरियामा बेलुन पठाउनबाट रोक्नको लागि कुनै कानूनी आधार छैन।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले शनिबार यस मुद्दालाई गत वर्षको अदालतको फैसलालाई ध्यानमा राखेर विचार गरिरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने