2026-09-03 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कम्बोडिया,न्युजिल्याण्ड,फ्रान्स पठाईदिन्छु भनि ३ सयभन्दा बढी जनाबाट १५ करोड ठग्ने ३ जना पक्राउ

जेठ २९, काठमाडौँ | बैदेशिक रोजगारका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३०० जना भन्दा बढीबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन भरतपुर म.न.पा. वडा नं.१८  घर भई हाल काठमाडौँ टोखा न.पा बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की पोखरा म.न.पा. वडा नं.०८ घर भइ हाल चितवन, भरतपुर म. न.पा. वडा नं.०८ बस्ने २३ वर्षीय पवन पन्त र कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ०८ घर भई हाल कास्की पोखरा म.न.पा. वडा नं.०९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन वि.क.रहेका छन् ।   

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक, म्यासेन्जर, whatsapp लगायतका सामाजिक संजालमा Rabin Aale Magar, Manoj jung Thapa, Mahesh Thapa लगायतका Fake Id बनाएर आकर्षक तलब भत्ता पाउने गरी नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भनि विज्ञापन सार्वजनिक गरेका थिए | त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए । 

त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उक्त जम्मा हुन आएका रकमहरु चेकमार्फत् निकाल्न लगाएर उनीहरूले भनेबमोजिमका मानिसहरुलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गराई ठगी गर्दै आएका थिए । पीडितले जसको खातामा रकम जम्मा गरेको हो, उसैका विरुद्ध उजुरी दिने गरेका थिए । 

यति मात्रै नभएर विभिन्न व्यक्तिहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा  नविन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दरखास्त गरेका थिए भने विकाश राणा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु कुमार बस्नेत समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले कारागार कार्यालयको च.नं. ४७६३ मिति २०८१/०२/१६ गतेको पत्र मार्फत् कार्यालयमा ठगी सम्बन्धी कसूरमा जाहेरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय