२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीको विदेश भ्रमण !

२०८१, १ असार शनिबार ०५:४४

असार १, काठमाडौँ । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केहि दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ ।

मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैं छिमेकी मुलुक रोजेका थिए । २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो भ्रमणमा माल्दिभ्स गएका थिए । यसपटक उनले पश्चिमी देश इटाली रोजे । इटालीपछि मोदी नेपाल भ्रमणमा आउने चर्चा रहेको छ ।

मोदीले आफ्नो १० बर्षे कार्यकालमा सन् २०१५ मा पाकिस्तान भ्रमण होस् वा २०१९ मा सी जिनपिङलाई भारत निम्तो होस्, मोदीले हरेक कार्यकालमा आफ्नो विदेश नीतिले 'सरप्राइज' दिने गरेका छन् ।

पूर्वराजदूत अशोक सज्जनहरका अनुसार २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा विदेश नीति नै उनको शक्तिको कमजोर कडी हुने विश्वास गरिएको थियो । तर, त्यस्तो भएन । नेबरहुड फर्स्ट नीति र रुस-युक्रेन युद्धमा सरकारको बलियो अडानले मोदीलाई विदेश मामिलामा धेरै हदसम्म राम्रो नेता बनायो ।

सन् २०१४ मा सपथ लिएपछि उनी नेपाल भ्रमणमा निस्किएका थिए । छिमेकी मुलुक भए पनि १७ वर्षदेखि भारतका कुनै पनि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका थिएनन् । मोदीले खाडी मुलुकसँगको सम्बन्धलाई पनि मजबुत बनाएका छन् । उनी ३० वर्षपछि युएई जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीले आफ्नो पहिलो कार्यकालमा ५ पटक चीनको भ्रमण गरे । उनी सबैभन्दा धेरै पटक चीन भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन् । यसका बावजुद चीनले २०२० मा गलवानमा दुई देशका सेनाको लडाईले सम्बन्ध धेरै हदसम्म बिगार्यो । 

मोदीले आफ्नो १० बर्षे कार्यकालमा कुल १३५ पटक विदेश भ्रमणमा गएका छन् ।  जसमा ६६ देश पुगेका छन् ।  जबकी मनमोहन सिंहले आफ्नो १० बर्षे कार्यकालमा ९४ पटक मात्र विदेश भ्रमण गएका थिए भने ४३ देश पुगेका थिए । 

मोदीले १० बर्षमा ८ पटक अमेरिका भ्रमण गरेका छन् भने ५ पटक रुस पुगेका छन् । त्यस्तै मोदी आफ्नो पहिलो कार्यकालमा ५ पटक चीन पुगेपनि दोस्रो कार्यकालमा चीन भ्रमण नै गरेनन । मोदीको १० बर्षे कार्यकालमा चिनियाँ राष्ट्रपति सी जीङपीङ २०१४, २०१६ र २०१९ मा गरी तीन पटक भारत पुगेका थिए ।

त्यस्तै मोदी १० बर्षमा पाँच पटक नेपाल आएका छन् ।  उनी २०१४, २०१६, २०१८ मा दुई पटक र २०२२ मा नेपाल आएका थिए । 

त्यस्तै बंगलादेश २ पटक, म्यान्मार २ पटक र भुटान २ पटक पुगेका छन् ।  मोदीले आफ्नो दुई कार्यकालमा श्रीलंका तीन पटक र माल्दिभ्स २ पटक पुगेका छन् ।  त्यसैगरी अफगानिस्तान २ पटक र पाकिस्तान एक पटक पुगेका छन् । 

मोदी तेस्रो कार्यकालको पहिलो भ्रमण इटाली रोज्नुको सबैभन्दा ठूलो कारण जी ७ शिखर सम्मेलन हो ।  मोदीको तेस्रो कार्यकालमा भारतको चीन, क्यानडालगायतका देशहरुसँगको तनाव मोदीका लागि चुनौती पूर्ण रहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ