2026-10-23 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीको विदेश भ्रमण !

असार १, काठमाडौँ । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केहि दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ ।

मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैं छिमेकी मुलुक रोजेका थिए । २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो भ्रमणमा माल्दिभ्स गएका थिए । यसपटक उनले पश्चिमी देश इटाली रोजे । इटालीपछि मोदी नेपाल भ्रमणमा आउने चर्चा रहेको छ ।

मोदीले आफ्नो १० बर्षे कार्यकालमा सन् २०१५ मा पाकिस्तान भ्रमण होस् वा २०१९ मा सी जिनपिङलाई भारत निम्तो होस्, मोदीले हरेक कार्यकालमा आफ्नो विदेश नीतिले ‘सरप्राइज’ दिने गरेका छन् ।

पूर्वराजदूत अशोक सज्जनहरका अनुसार २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा विदेश नीति नै उनको शक्तिको कमजोर कडी हुने विश्वास गरिएको थियो । तर, त्यस्तो भएन । नेबरहुड फर्स्ट नीति र रुस-युक्रेन युद्धमा सरकारको बलियो अडानले मोदीलाई विदेश मामिलामा धेरै हदसम्म राम्रो नेता बनायो ।

सन् २०१४ मा सपथ लिएपछि उनी नेपाल भ्रमणमा निस्किएका थिए । छिमेकी मुलुक भए पनि १७ वर्षदेखि भारतका कुनै पनि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका थिएनन् । मोदीले खाडी मुलुकसँगको सम्बन्धलाई पनि मजबुत बनाएका छन् । उनी ३० वर्षपछि युएई जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीले आफ्नो पहिलो कार्यकालमा ५ पटक चीनको भ्रमण गरे । उनी सबैभन्दा धेरै पटक चीन भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन् । यसका बावजुद चीनले २०२० मा गलवानमा दुई देशका सेनाको लडाईले सम्बन्ध धेरै हदसम्म बिगार्यो । 

मोदीले आफ्नो १० बर्षे कार्यकालमा कुल १३५ पटक विदेश भ्रमणमा गएका छन् ।  जसमा ६६ देश पुगेका छन् ।  जबकी मनमोहन सिंहले आफ्नो १० बर्षे कार्यकालमा ९४ पटक मात्र विदेश भ्रमण गएका थिए भने ४३ देश पुगेका थिए । 

मोदीले १० बर्षमा ८ पटक अमेरिका भ्रमण गरेका छन् भने ५ पटक रुस पुगेका छन् । त्यस्तै मोदी आफ्नो पहिलो कार्यकालमा ५ पटक चीन पुगेपनि दोस्रो कार्यकालमा चीन भ्रमण नै गरेनन । मोदीको १० बर्षे कार्यकालमा चिनियाँ राष्ट्रपति सी जीङपीङ २०१४, २०१६ र २०१९ मा गरी तीन पटक भारत पुगेका थिए ।

त्यस्तै मोदी १० बर्षमा पाँच पटक नेपाल आएका छन् ।  उनी २०१४, २०१६, २०१८ मा दुई पटक र २०२२ मा नेपाल आएका थिए । 

त्यस्तै बंगलादेश २ पटक, म्यान्मार २ पटक र भुटान २ पटक पुगेका छन् ।  मोदीले आफ्नो दुई कार्यकालमा श्रीलंका तीन पटक र माल्दिभ्स २ पटक पुगेका छन् ।  त्यसैगरी अफगानिस्तान २ पटक र पाकिस्तान एक पटक पुगेका छन् । 

मोदी तेस्रो कार्यकालको पहिलो भ्रमण इटाली रोज्नुको सबैभन्दा ठूलो कारण जी ७ शिखर सम्मेलन हो ।  मोदीको तेस्रो कार्यकालमा भारतको चीन, क्यानडालगायतका देशहरुसँगको तनाव मोदीका लागि चुनौती पूर्ण रहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने