१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पछिल्लो ११ महिना: वैदेशिक रोजगारमा सबैभन्दा बढी कामदार यी १० म्यानपावरले पठाए, कसले कति ?

१ असार २०८१, शनिबार १५:४४

असार १, काठमाडौं । पछिल्लो आर्थिक बर्ष सुरु भएको ११ महिना भित्र नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने वैदेशिक रोजगार कम्पनीमा नीलकमल ह्युमन रिसोर्स प्रालि पहिलो बनेको छ । 

पछिल्लो ११ महिनामा १ हजार ५ सयभन्दा बढी कामदार विदेश पठाउने ३३ म्यानपावर कम्पनीमध्ये सिनामंगल स्थित नीलकमल ह्युमन पहिलो र एसओएस म्यानपावर सर्भिस प्रालि दोश्रो बनेको छ । नील कमल एक्लैले पछिल्लो ११ महिनाको अवधिमा १ हजार २४७ जना महिला कामदार सहित ६ हजार ३४७ जना कामदारलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति लिएको बिभागमा रेकर्ड छ । यसमा पनि असारसम्म ७ हजार ५०० भन्दा बढी संख्या काट्ने सम्बन्धित म्यानपावरको दावी छ । धेरै कामदार पठाउने सूचिमा परेसँगै यो म्यानपावरले ६ करोड धरौटी बिभागमा दाखिला समेत गरेको छ । 

यस्तै पछिल्लो ११ महिनासम्ममा धेरै कामदार पठाउने म्यानपावरको सूचिमा दोश्रो नम्बरमा धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालि रहेको छ । यो म्यानपावरले १७५ जना महिला कामदारसहित ५ हजार २३७ जना कामदारलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति निकालेको छ । 

यस्तै ललितपुरमा रहेको एअर किङ्ग प्लेसमेन्ट प्रालिले पछिल्लो आर्थिक बर्षको ११ महिनाको अवधिमा १०८५ महिला सहित ३ हजार ६७५ जनाको अन्तिम श्रम स्वीकृति लिएको बिभागमा रेकर्ड छ ।

यस्तै ललितपुरमै रहेको शुन्य लागतमा मात्र कामदार पठाउने दावी गर्दै आएको म्यानपावर इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि चौथो नम्बरमा रहेको छ । इथिकल रोजगारी अन्तर्गत मलेसियामा, युएईमा र कतारमा समेत शुन्य लागतमा कामदार पठाईरहेको यो म्यानपावर कम्पनीको दावी छ । यो म्यानपावरले पछिल्लो ११ महिनामा २०० महिला कामदार सहित ३ हजार ५४१ जनालाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति प्राप्त गरेको बिभागको रेकर्डमा छ ।

यस्तै पाँचौ स्थानमा साउण्ड लाइन्सले ३ हजार ३९९ जना, छैटौं स्थानमा द रिभर ओभरसीज प्रालिले ३ हजार ३८६ जना, सातौँ स्थानमा प्याराडाइज इन्टरनेशनल प्रालिले ३ हजार ३७२ जना, आठौँ नम्बरमा सपोर्ट ह्युमन रिसोर्स प्रालिले ३ हजार २४० जना, नवौं नम्वरमा गल्फ म्यानपावर सर्भिस प्रालिले २ हजार ८५५ जना कामदार वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति प्राप्त गरेको छ । 

यस्तै पछिल्लो ११ महिनाको रेकर्ड अनुसार दशौँ नम्बरमा रहेको आकर्षण इन्टरनेशनल प्रालि मार्फत २ हजार ७०६ जनाले वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । यो म्यानपावरले शुन्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाएको दावी गर्दै आएको छ । यो म्यानपावरले २२८ जना महिला कामदार पठाएको रेकर्डमा छ ।

बिभागको पछिल्लो ११ महिनाको रेकर्ड अनुसार ९१९ म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा कामदार पठाउन अन्तिम श्रम स्वीकृति लिएको देखिएको छ तर यी मध्ये ३०३ म्यानपावरले १०० संख्या कटाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन