2026-09-24 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पछिल्लो ११ महिना: वैदेशिक रोजगारमा सबैभन्दा बढी कामदार यी १० म्यानपावरले पठाए, कसले कति ?

असार १, काठमाडौं । पछिल्लो आर्थिक बर्ष सुरु भएको ११ महिना भित्र नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने वैदेशिक रोजगार कम्पनीमा नीलकमल ह्युमन रिसोर्स प्रालि पहिलो बनेको छ । 

पछिल्लो ११ महिनामा १ हजार ५ सयभन्दा बढी कामदार विदेश पठाउने ३३ म्यानपावर कम्पनीमध्ये सिनामंगल स्थित नीलकमल ह्युमन पहिलो र एसओएस म्यानपावर सर्भिस प्रालि दोश्रो बनेको छ । नील कमल एक्लैले पछिल्लो ११ महिनाको अवधिमा १ हजार २४७ जना महिला कामदार सहित ६ हजार ३४७ जना कामदारलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति लिएको बिभागमा रेकर्ड छ । यसमा पनि असारसम्म ७ हजार ५०० भन्दा बढी संख्या काट्ने सम्बन्धित म्यानपावरको दावी छ । धेरै कामदार पठाउने सूचिमा परेसँगै यो म्यानपावरले ६ करोड धरौटी बिभागमा दाखिला समेत गरेको छ । 

यस्तै पछिल्लो ११ महिनासम्ममा धेरै कामदार पठाउने म्यानपावरको सूचिमा दोश्रो नम्बरमा धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालि रहेको छ । यो म्यानपावरले १७५ जना महिला कामदारसहित ५ हजार २३७ जना कामदारलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति निकालेको छ । 

यस्तै ललितपुरमा रहेको एअर किङ्ग प्लेसमेन्ट प्रालिले पछिल्लो आर्थिक बर्षको ११ महिनाको अवधिमा १०८५ महिला सहित ३ हजार ६७५ जनाको अन्तिम श्रम स्वीकृति लिएको बिभागमा रेकर्ड छ ।

यस्तै ललितपुरमै रहेको शुन्य लागतमा मात्र कामदार पठाउने दावी गर्दै आएको म्यानपावर इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि चौथो नम्बरमा रहेको छ । इथिकल रोजगारी अन्तर्गत मलेसियामा, युएईमा र कतारमा समेत शुन्य लागतमा कामदार पठाईरहेको यो म्यानपावर कम्पनीको दावी छ । यो म्यानपावरले पछिल्लो ११ महिनामा २०० महिला कामदार सहित ३ हजार ५४१ जनालाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति प्राप्त गरेको बिभागको रेकर्डमा छ ।

यस्तै पाँचौ स्थानमा साउण्ड लाइन्सले ३ हजार ३९९ जना, छैटौं स्थानमा द रिभर ओभरसीज प्रालिले ३ हजार ३८६ जना, सातौँ स्थानमा प्याराडाइज इन्टरनेशनल प्रालिले ३ हजार ३७२ जना, आठौँ नम्बरमा सपोर्ट ह्युमन रिसोर्स प्रालिले ३ हजार २४० जना, नवौं नम्वरमा गल्फ म्यानपावर सर्भिस प्रालिले २ हजार ८५५ जना कामदार वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति प्राप्त गरेको छ । 

यस्तै पछिल्लो ११ महिनाको रेकर्ड अनुसार दशौँ नम्बरमा रहेको आकर्षण इन्टरनेशनल प्रालि मार्फत २ हजार ७०६ जनाले वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । यो म्यानपावरले शुन्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाएको दावी गर्दै आएको छ । यो म्यानपावरले २२८ जना महिला कामदार पठाएको रेकर्डमा छ ।

बिभागको पछिल्लो ११ महिनाको रेकर्ड अनुसार ९१९ म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा कामदार पठाउन अन्तिम श्रम स्वीकृति लिएको देखिएको छ तर यी मध्ये ३०३ म्यानपावरले १०० संख्या कटाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी