2026-06-28 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

केट मिडलटनले भनिन्- क्यान्सरको उपचार जारी छ, स्वास्थ्य सुधार हुदैछ

असार २, काठमाडौँ । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो क्यान्सर उपचारको बारेमा अपडेट दिएकी छिन् । मिडलटनले आफू केमोथेरापी लिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा खतरामुक्त नभएको जानकारी गराएकी छन् । साथै उनले उपचारका क्रममा राम्रा र नराम्रा दिनहरू देखिरहेको बताएकी छन् ।

केट मिडलटनले मार्चमा एउटा भिडियो जारी गर्दै आफू क्यान्सरका कारण केमोथेरापी लिइरहेको बताएकी थिइन् । केट गत डिसेम्बरदेखि सार्वजनिक रूपमा देखा परेकी थिइनन् । 

केटले भनेकी छन्, ‘मानिसको सन्देशबाट मलाई साहस मिलेको छ । पछिल्ला केही महिनामा मानिसहरूले मलाई समर्थन गर्दै सन्देश पठाएका छन् । यी सन्देशहरूले विलियम र मलाई धेरै साहस दिएको छ । मेरो अवस्था सुधार हुँदैछ, तर केमोथेरापीबाट गुज्रिएका जो कोहीलाई थाहा छ, केमोथेरापीका राम्रा र नराम्रा दिनहरू हुन्छन् । खराब दिनहरूमा तपाईं कमजोर र थकित महसुस गर्नुहुन्छ र तपाईंले आफ्नो शरीरलाई आराम गर्न आवश्यक छ । तर राम्रो दिनहरूमा तपाईं बलियो महसुस गर्नुहुन्छ र तपाईं यस समयलाई सकेसम्म बाँच्न चाहनुहुन्छ ।'

मिडलटनले गत मार्च २२ मा उनको क्यान्सरको बारेमा जानकारी दिँदै एक भिडियो सन्देश जारी गरेकी थिइन् । केटको पेटको शल्यक्रिया जनवरी २०२४ मा भएको थियो । उनी दुई साता अस्पतालमै बसकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । जसका कारण उनको स्वास्थ्यमा धेरै प्रश्न उठ्न थालेको थियो ।

जनवरीमा राजा चार्ल्सलाई पनि क्यान्सर भएको खबर बाहिर आएको थियो । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको शरीरमा अन्य रोगको लक्षण देखा परेको थियो । यसपछि बकिङ्घम प्यालेसले ती लक्षणहरूको अनुसन्धानले एक प्रकारको क्यान्सर भएको पुष्टि गरेको बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी