कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प"/>
९ माघ २०८२, बिहीबार
नवलपुर - NWL

नवलपरासीका एक व्यक्तिले बस्तीमा डोजरले यसरि भत्काईदिए घर !

११ कार्तिक २०७३, बिहीबार ०७:२९


कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प्रहरी प्रशासनमा दौडधुप गरेका छन् । 
जग्गा धनी आफनो जग्गा सडकमा जोडन, चार पुस्तादेखी बसोबास गर्दै आएका पिडितको घर डोजरले भत्काएपछि पिडित न्यायको ढोका ढक्ढकाउन बाध्य भएका छन् ।
पटक पटक जग्गाको विवादले झिक्दै छिमेकी ईन्दिरा गलामीले तिमीहरुको जग्गा आधा सडकमा छ र आधा मलाई बेच भनि दबाब दिदै आएकि थिईन् । ग्लामी जग्गा सडकमा जोडेर महंगोमा बेच्न भुमाफियाहरुको सहयोगमा पिडित गुल्बी चौधरी, रबडा निशा, ताहेरा निशा, मोतिजुन निशाको घर डोजरले गत असोज १८ गते भत्काएको पिडित मोतिजुन निशाले अरोप लगाउनु भयो । प्रहरीकै निगरानीमा सुनवलका २५ जना युवाहरु र कुश्मा ५ स्थित जितेन्द्र कन्ट्रक्सनको लु १ क १३०४ नम्बरको एक्साभेटर(डोजर) प्रयोग गरि घर भत्काइएको पिडित निशाले आरोप लगाउनु भयो ।  

घर भत्किएपछि पिडित परिवार न्यायका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय दौडधुप गरिरहदा भने प्रशासन तथा प्रहरीले राजनितिक दबाबले आलटाल गर्दै आएको नागरिक समाजका अध्यक्ष सम्भु उपाधयायले आरोप लगाउनु भयो । घर भत्काइएको आज २३ दिन भईसक्दा प्रहरीले अझैसम्म पिडित पक्षको उजुरी समेत दर्ता गरेको छैन । 
योजना बनाइ घर भत्काउन, सांगठनिक अपराध जस्तो मुद्दालाई प्रहरीले मिलापत्र गरि उम्किन खोज्दा यस घटनाको सत्य तथ्य छानबिन हुन जिल्ला प्रशासन कार्यालयमा नागरिक समाजले ज्ञापन पत्र समेत बुझाएको अध्यक्ष उपाध्यायले जानकारी दिनु भयो ।
उजुरी दर्ता नगर्न प्रहरीलाई चौतर्फि राजनितिक दबाब आईरहदा यो मुद्दा मेलमिलाप गर्न, पिडित परिवारहरुलाई विभिन्न तरहका प्रलोभन देखाउन तथा दबाब समेत आईरहेको पितिड पक्षले बताए । घर भत्काउने ग्लामी अमरौट गाविसकै एलजिपिसिडिपी अन्तरगतका कर्मचारी हुन् ।
विपन्न स्तरका पिडति परि कामको सिलसिलामा घरमा नभएको बेला एक्कासी डोजर र मान्छे लिएर आई घर भत्काउन थालेपछि स्थानियले चर्काे विरोध गर्दा डोजर र मान्छे फर्काइएको स्थानियले बताए ।
जमिन्दारीकालमा गाउँका जमिन्दार दिलिपराज पाण्डेले आफुँ कहाँ काम गर्ने ति पिडित परिवारलाई बसाउनु भएका थिए । १४ वर्ष अगाडी तिनै जमिन्दारबाट ग्लामी कि आमा उमा ग्लामीले छेउमा करिब १२ कठ्ठा जग्गा खरिद गरि बसोबास गर्दै आईछिन् । 
घर भत्काउन ग्लामी जिल्ला प्रमुख अधिकारी महादेव पन्थ र प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरी समेतको आदेश लिई डोजर प्रयोग गरेको पिडित परिवारले आरोप लगाउदै नाम किटानी जाहेरीमा (उजुरी) समेतमा उल्लेख गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता