कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प"/>
२०८३, ६ जेष्ठ बुधबार
नवलपुर - NWL

नवलपरासीका एक व्यक्तिले बस्तीमा डोजरले यसरि भत्काईदिए घर !

२०७३, ११ कार्तिक बिहीबार ०७:२९


कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प्रहरी प्रशासनमा दौडधुप गरेका छन् । 
जग्गा धनी आफनो जग्गा सडकमा जोडन, चार पुस्तादेखी बसोबास गर्दै आएका पिडितको घर डोजरले भत्काएपछि पिडित न्यायको ढोका ढक्ढकाउन बाध्य भएका छन् ।
पटक पटक जग्गाको विवादले झिक्दै छिमेकी ईन्दिरा गलामीले तिमीहरुको जग्गा आधा सडकमा छ र आधा मलाई बेच भनि दबाब दिदै आएकि थिईन् । ग्लामी जग्गा सडकमा जोडेर महंगोमा बेच्न भुमाफियाहरुको सहयोगमा पिडित गुल्बी चौधरी, रबडा निशा, ताहेरा निशा, मोतिजुन निशाको घर डोजरले गत असोज १८ गते भत्काएको पिडित मोतिजुन निशाले अरोप लगाउनु भयो । प्रहरीकै निगरानीमा सुनवलका २५ जना युवाहरु र कुश्मा ५ स्थित जितेन्द्र कन्ट्रक्सनको लु १ क १३०४ नम्बरको एक्साभेटर(डोजर) प्रयोग गरि घर भत्काइएको पिडित निशाले आरोप लगाउनु भयो ।  

घर भत्किएपछि पिडित परिवार न्यायका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय दौडधुप गरिरहदा भने प्रशासन तथा प्रहरीले राजनितिक दबाबले आलटाल गर्दै आएको नागरिक समाजका अध्यक्ष सम्भु उपाधयायले आरोप लगाउनु भयो । घर भत्काइएको आज २३ दिन भईसक्दा प्रहरीले अझैसम्म पिडित पक्षको उजुरी समेत दर्ता गरेको छैन । 
योजना बनाइ घर भत्काउन, सांगठनिक अपराध जस्तो मुद्दालाई प्रहरीले मिलापत्र गरि उम्किन खोज्दा यस घटनाको सत्य तथ्य छानबिन हुन जिल्ला प्रशासन कार्यालयमा नागरिक समाजले ज्ञापन पत्र समेत बुझाएको अध्यक्ष उपाध्यायले जानकारी दिनु भयो ।
उजुरी दर्ता नगर्न प्रहरीलाई चौतर्फि राजनितिक दबाब आईरहदा यो मुद्दा मेलमिलाप गर्न, पिडित परिवारहरुलाई विभिन्न तरहका प्रलोभन देखाउन तथा दबाब समेत आईरहेको पितिड पक्षले बताए । घर भत्काउने ग्लामी अमरौट गाविसकै एलजिपिसिडिपी अन्तरगतका कर्मचारी हुन् ।
विपन्न स्तरका पिडति परि कामको सिलसिलामा घरमा नभएको बेला एक्कासी डोजर र मान्छे लिएर आई घर भत्काउन थालेपछि स्थानियले चर्काे विरोध गर्दा डोजर र मान्छे फर्काइएको स्थानियले बताए ।
जमिन्दारीकालमा गाउँका जमिन्दार दिलिपराज पाण्डेले आफुँ कहाँ काम गर्ने ति पिडित परिवारलाई बसाउनु भएका थिए । १४ वर्ष अगाडी तिनै जमिन्दारबाट ग्लामी कि आमा उमा ग्लामीले छेउमा करिब १२ कठ्ठा जग्गा खरिद गरि बसोबास गर्दै आईछिन् । 
घर भत्काउन ग्लामी जिल्ला प्रमुख अधिकारी महादेव पन्थ र प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरी समेतको आदेश लिई डोजर प्रयोग गरेको पिडित परिवारले आरोप लगाउदै नाम किटानी जाहेरीमा (उजुरी) समेतमा उल्लेख गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर