2026-09-06 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता

असार ७, काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ । यसै क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीलाई पनि भेटेका थिए ।

विहिबार भएको मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको यो भेटलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बुधबार अमेरिकी प्रतिनिधिमण्डलले धर्मशालामा धर्मगुरु लगाइ लामासँग भेट गरेको थियो । यस प्रतिनिधिमण्डलमा न्यान्सी पेलोसी बाहेक सांसद माइकल म्याकलसहित ५ जना सांसद छन् । यी सांसदहरू रिपब्लिकन र डेमोक्रेटिक पार्टीका हुन् । यो प्रतिनिधिमण्डलको नेतृत्व रिपब्लिकन सांसद माइकल म्याककलले गरिरहेका छन् ।

बुधबार अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामाको ‘उत्तराधिकार’ मामिलामा अमेरिकाले चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो । 

विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको समर्थनमा आवाज उठाएको यो पहिलो पटक हो । यद्यपी न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । तर, न्यान्सी पेलोसीले त्यतिबेला कुनै प्रतिनिधिमण्डलसँग भारत भ्रमण गरेकी थिइनन् ।

भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र यसबारे टिप्पणी गर्नबाट बच्दै आएपनि यो घटनालाई निकै अर्थपूर्ण रुपमा विश्लेषणगरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमण औपचारिक हो वा होइन भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ