२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुजाको एक्शन फिल्म ‘दान्भी’ रिलिज

२०८१, ७ असार शुक्रबार ११:३९

असार ७,  काठमाडौँ । अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ । शुक्रबार नै  स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ ।

‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएका कारण उनका फ्यानहरुमा फिल्मप्रति खास कौतुहलता रहेको छ । ट्रेलरमा पुजाको एक्सनको प्रशंसा भएको थियो । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ ।


रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।

त्यस्तै ‘आचार्य’ भने स्वर्गीय गायक भक्तराज आचार्यलाई विशेष ‘ट्रिब्यूट’ दिनका लागि १३ वर्षपछि पुनः रिलिज गरिएको छ । प्रशान्त रसाइलीको निर्देशन तथा रोशन राईको निर्माण रहेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह