२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पुटिन-किमको मित्रता, पालै पालो लक्जरी कार चलाएको देखिए !

८ असार २०८१, शनिबार ०५:३८

असार ८, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्बीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् ।

हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्बीर भाइरल भएका हुन् । पुटिन र किमले यस भ्रमणका क्रममा पालै पालो गाडी चलाएको तस्बीरहरुमा देख्न सकिन्छ । पुटिनले गाडी चलाउदा किम नजिकैको अगाडिको सिटमा बसेर कुरा गरिरहेको देख्न सकिन्छ भने किमले गाडी चलाउदा पुटिन अगाडिको सिटमा बसेको र दुवै जना हाँस्दै कुरा गरिरहेको देख्न सकिन्छ ।

रिपोर्टका अनुसार पुटिनले किमलाई अर्स लिमोसिन लक्जरी कार उपहार दिएका थिए । यस भ्रमणका क्रममा पनि पुटिनले किमलाई एउटा स्किभर र चिया सेट पनि उपहार दिएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि बुधबार बिहान उत्तर कोरियाको भ्रमण गरेका हुन् । यस भ्रमणमा किम आफैले विमानस्थल पुगेर पुटिनको स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीहरूको प्रतिनिधिमण्डल उपस्थित थियो । जसमा परराष्ट्र मन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल थिए ।

रुसी राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो र उनको भव्य स्वागत गरिएको थियो । पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो ।

पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए । उनीहरुको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो । यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका छन् । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यस क्रममा त्यहाँ जम्मा भएका बालबालिकाको हातमा रंगीन फूलहरु पनि राखिएको थियो । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।

यस भ्रमणका क्रममा पुटिनले नयाँ आधारभूत दस्तावेज पनि घोषणा गरे, जसले दुई देशबीचको सम्बन्धको जग बनाउने विश्लेषण गरिएको छ । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली