2026-09-06 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर

असार १०, काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो ।

यस घटना पछि, नासाले यो टुक्रा प्रयोग गरिएको ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फोहोरको रूपमा छोडिएको बताएको छ । नासाले यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार कानून फर्म क्र्यानफिलले समनर परिवारको मुद्दा लडिरहेको छ । फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ । भग्नावशेष खसेकाले छतमा प्वाल परेको थियो ।

फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको र उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ । तर ओटेरोका परिवारले भने जे पनि हुन सक्थ्यो भन्दै नासबात क्षतिपुर्ति माग गरेको छ ।

फर्मका वकिल मिकाह गुएन वर्थीले भने, ‘यो घटनाले मेरो ग्राहकको जीवनमा ठूलो प्रभाव पारेको छ । उनले यस घटनामा परेका पीडाका लागि उचित क्षतिपूर्तिको माग गरेका छन् । घटनामा कसैलाई पनि शारीरिक चोट नपुगेको भन्दै उनीहरु कृतज्ञ छन् तर यस्तो ‘नजिक’ अवस्था खतरनाक हुन सक्छ । कसैलाई गम्भीर चोट लाग्न सक्थ्यो वा मृत्यु हुन सक्थ्यो ।

अन्तरिक्षमा फोहोर निरन्तर बढ्दै गएकाले दुर्घटना पनि बढेको क्र्यानफिलले बताए । यस विषयमा नासाले कस्तो प्रतिक्रिया देखाउँछ भविष्यमा उदाहरण बन्न सक्छ । फर्मले नासासँग आफ्नो दावीको जवाफ दिन ६ महिनाको समय रहेको बताएको छ । रिपोर्टका अनुसार नासाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अन्तरिक्षमा हुने फोहोरलाई ‘स्पेस डेब्रिस’ वा ‘अर्बिटल डेब्रिस’ भनिन्छ । यी ती कृत्रिम सामग्री हुन् जुन अब उपयोगी छैनन् तर पृथ्वीको वरिपरि घुमिरहेका छन् । यो फोहोर मानिसले अन्तरिक्षमा पठाएको वस्तुबाट बनाइएको हो । यसमा रकेटका टुक्राहरू, उपग्रहका टुक्राहरू, अन्तरिक्ष यात्रीहरूले छोडेका वस्तुहरू लगायत छन् । 

विगत ६० वर्षमा विश्वभरका देशहरूको अन्तरिक्ष गतिविधि बढ्दै गएपछि अन्तरिक्षमा भग्नावशेष बढ्दै गएको छ । नासाको वेबसाइटका अनुसार हाल पृथ्वीको कक्षामा १० सेन्टिमिटरभन्दा ठूलो २९ हजारभन्दा बढी वस्तुहरू छन् ।

नासाको अनुमान अनुसार हरेक दिन कम्तिमा एक टुक्रा भग्नावशेष पृथ्वीमा पुग्छ । यो टुक्रा या त पृथ्वीमा कतै खस्छ वा वायुमण्डलमा पुग्ने बित्तिकै जल्छ । धेरै जसो अन्तरिक्षको फोहोर पानीमा खस्छ, किनकि पृथ्वीको सतहको ७१ प्रतिशत पानी रहेको छ ।

सन् १९७९ मा नासाको अन्तरिक्ष केन्द्र स्काइल्याब पृथ्वीमा खस्यो तर त्यो पनि समुन्द्रमा खस्यो । यो घटना लामो समयको लागि चर्चामा थियो । वास्तवमा यो भग्नावशेषको तौल ७५ टन थियो, यो जमिनको कुनै भागमा खसेको भए ठूलो विनाश हुन सक्ने थियो । स्काइल्याबलाई अमेरिकाले १४ मे १९७३ मा अन्तरिक्षमा पठाएको थियो । स्काइल्याबले करिब पाँच वर्षसम्म राम्रोसँग काम गरिरह्यो । तर अन्तरिक्षमा सौर्य आँधीका कारण यसको प्यानल जलेर बिस्तारै यसको इन्जिनले पनि काम गर्न छाड्यो । यसपछि यो अन्तरिक्षबाट पृथ्वीतर्फ सर्न थाल्यो । सुरुमा यो पृथ्वीमा कहाँ खस्ने हो थाहा थिएन ।

चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ अप्रिल २०१८ मा पृथ्वीसँग ठोक्किने अपेक्षा गरिएको थियो । यसको बारेमा धेरै चिन्ता उठाइयो, तर यो समुद्रमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ