२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दलित बिद्यार्थीलाई कापीकलम वितरण

११ कार्तिक २०७३, बिहीबार १६:३२

रबिन्द्र यादव/ कार्तिक ११ नवलपरासी । नवलपरासीमा मधेस युवा उत्थान विकास मंचले विपि माध्यमिक विद्यालय पक्लिहवा ८ बलिनगर मा अध्ययनरत दलित बालबालिकालाई कापीकलम वितरण गरेको छ । 

विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष ओमप्रकाश तिवारीको अध्यक्षता रहेको कापीकलम वितरण कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका जिल्ला अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो । 

प्रमुख अतिथि त्रिपाठीले अगामी दिनमा पनि अध्ययनरत दलित बालबालिकाहरूलाई कापीकलम वितरण गर्ने प्रतिबद्धता गर्नु भएको थियो साथै आर्थिक अभावको कारण विद्यालय जान नसकेका बालबालिकाको सम्पुर्ण खर्च मंचले बेहोर्न गरि ती बालबालिकालाई विद्यालय सम्म पुर्याउने बताउनु भएको थियो । 


कापीकलम वितरण कार्यक्रममा मंचका उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कोइरी, भुजहवा उप समिति संयोजक अमर यादव, ठुलो खरेटवा उप समिति संयोजक जय गोविन्द यादव, कुडिया उप समिति संयोजक ब्रिजेश गुप्ता, पक्लिहवा उप समिति उप संयोजक इसरायल अन्सारी विद्यालय व्यवस्थापक समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।  

मंचले आफ्नो विद्यालयका दलित बालबालिकालाई कापीकलम वितरण गरेकोमा विद्यालयका अध्यक्ष ओमप्रकाश तिवारीले खुशी ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कक्षा १ देखि कक्षा १० सम्मका जहेन्दार बालबालिकालाई सोहि कापीकलम समेत वितरण गरिएको थियो । 


मधेस युवा उत्थान विकास मंच नवलपरासीले कापीकलम वितरण गरेपछि यसको चौतर्फी प्रशंसा गरिएको छ । हाल मंचले जिल्लाको विभिन्न ठाउहरुमा उप समिति गठन गर्दै जनचेतनामूलक, समाज रुपान्तरण किसिमको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य