३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायलले माग्यो ८०० नेपाली कामदार, के-के चाहिन्छ योग्यता ?

११ असार २०८१, मंगलवार ०३:४१

असार ११, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बिभाग मार्फत इजरायलमा आठ सय कामदारका लागि आवेदन खुला भएको छ । वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना बैकल्पिक उम्मेदवार छनौटमा पर्ने भएका हुन् । जसमा ६० प्रतिशत महिला कामदार र ४० प्रतिशत पुरुष कामदार छनौट हुनेछन् । 


रोजगारीका लागि इजरायल जान २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । उचाईमा १.५ मिटर र कामदारको तौल कम्तिमा ४५ केजी हुनुपर्ने मापदण्डमा उल्लेख छ । यस्तो रोजगारमा जान १० कक्षा पास गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धि विषयमा कम्तिमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ । 

पहिला इजरायल गएकाहरूले भने यो प्रक्रियामा आवेदन दिन पाउने छैनन् । सूचनाअनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ

यस अघिनै इजरायल र नेपालबीच श्रम सम्झौता भएर नेपालीहरुले इजरायलमा केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । स्याहारका लागि जाने कामदारको तलब  ५ हजार ८८० इजरायली सेकेल तोकिएको छ । जसको नेपाली रुपयाँ अनुसार २ लाख १० हजार तलब हुन्छ । रोजगारमा जोडिनेहरूले सातामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ ।

इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने हुन्छ भने आवासको प्रबन्ध रोजगारदातादिन्छन् । एक पटक रोजगारमा जाने कामदारको करार अवधि १ वर्षको हुने भए पनि करार थप्दै ५ वर्षसम्म इजरायल बस्न पाइने छ ।

इजरायल जाने प्रक्रिया सरकार/सरकारबीचको सम्झौताबाट हुने भएकोले यस्तो रोजगारमा जान बिचौलियाको भरमा पर्नु हुँदैन । प्रक्रियाबाहिर गएर रोजगारमा जोडिन खोज्दा ठगि हुन्छ ।

यो रोजगारमा जोडिन चाहने उपयुक्त आवेदकहरुले वैदेशिक रोजगार बिभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन फारम भर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली